७ वैशाख २०८१ शुक्रबार
प्रविधि

मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्, धेरै अमेरिकाले गरेको खुलासा

वासिङटन– पृथ्वीमा सायद यस्तो कुनै ठाउँ छ होला जहाँ मान्छेले आफ्नो फाेहाेर नछोडेको होस्। मान्छेले चन्द्रमालाई समेत दुर्गन्ध फैलाउनबाट पछि हटेनन्। मानव निर्मित ७ सय ९६ वस्तु भेटिएको छ। जसमध्ये ७ सय ६५ वस्तु अमेरिकी मिसनका क्रममा छोडेको खुलासा भएको छ। सो खुलासा नासाले गरेको हो।

चन्द्रमामा छुटेका वस्तुहरु कुन स्थानमा छ भन्ने एकिन हुन नसकेको अन्तरिक्ष एजेन्सीले बतायो। तर वस्तु त्यहीँ छ भनेर दावी भने गरिएको छ। नासाले एउटा नक्सा पनि जारी गरेको छ, जसमा छुटेका वस्तुहरुको स्थान देखिएको छ। अमेरिकाले १९६० को दशकमा रेन्जर स्पेसक्राफ्ट जस्ता धेरै मानवरहित मिशन पठाएको थियो। तर यस मिशनमा अमेरिकालाई असफलता हात लागेको थियो। रेन्जर ४,५,६,७,८ र ९ चन्द्रमाको सतहसँग ठोक्किएर दुर्घटना भयो, जबकी रेन्जर ३ ले आफ्नो बाटो भुलेर चन्द्रमाको अन्य कक्षमा गएको थियो। यसपछि लूनर आर्बिटर पठाइयो। यसले ती स्थानको धेरै फोटोहरु पठायो, जहाँ मानवलाई पठाउदाँ उत्तम हुन्थ्यो।

सर्वेयर कार्यक्रमलाई चन्द्रमामा भएकोे धरतीको अनुसार डिजाइन गरिएको थियो। यो पनि ६०औं दशकको उत्तरार्धमा प्रक्षेपण गरियो। यसैले पत्ता लगायो कि अपोलो मिशनलाई कहाँ अवतरण गर्न सकिन्छ भनेर। यस्तै, यो सर्वेयरले चन्द्रमाको भू–आकृतिको डाटा पनि जुटाएाके थियो।

सन् २००९ मा नासाले लूनर क्रेटर अब्जरवेशन एण्ड सेन्सिङ सेटेलाईट पठायो। यसले चन्द्रमामा बरफको रुपमा पानी रहेको जानकारी दिइएको थियो। उक्त जानकारीका अनुसार चन्द्रमाको दक्षिणी ध्रुबको नजिक क्रेटरोमा बरफ हुन सक्ने देखाएको थियो।

यस्तै, सन् १९६९ देखि ७२ को समयसम्म मानवले मात्र ६ पटक चन्द्रमाको पृथ्वीमा पाईला राखे। तर सो समयमा धेरै वस्तुहरु चन्द्रमाको धरातलमा छोडियो। यी वस्तुहरु कुन ठाउँमा छन् भनेर जानकारी भने पाउन सकेको छैन्। नक्सामा देखिएका सबै विन्दुले कुनै एक वस्तुको अस्तित्व झल्काउछ तर यसलाई आधार भने मान्न नसकिने नासाले उल्लेख गर्यो। बिन्दुले चन्द्रमाको पृष्ठभूमिमा आफुलाई चाहिए जति स्थान लिइएको हुन्छ। तर यसले मानवलाई एउटा कुराको महशुस गराउछ कि उनीहरुले चन्द्रमामा कति धेरै वस्तुहरु छोडेर आएका छन्।

चन्द्रमामा छोडिएका वस्तुहरु मध्ये धेरै वस्तु मिशनका लागि सामान्य थियो। उनीहरुले सबै पोर्टेबल लाइफ सपोर्ट सिस्टमलाई पछाडी छाडिदिए जो अन्तरिक्ष यात्रीलाई उनीहरुको स्पेससूट भित्र जीवित रख्न सक्थ्यो। अपोलो–१७ का अन्तरिक्ष यात्री रिस्ट मिरर चन्द्रमामा छोडेर आए। यो सोलर पावर्ड फ्ल्यासलाइट जस्तै हुन्छ। यसको उपयोगिता धरतीमा एकदमै कम हुन्छ। यसबाहेक एस्ट्रोनट्सहरुले चन्द्रमामा साबुन, एन्टी बेक्टेरियल क्रीम, हाईजीन किट पनि छोडेका थिए। एजेन्सीको सहयोगमा

प्रकाशित: ९ श्रावण २०७६ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App