७ वैशाख २०८१ शुक्रबार
समाज

बेपत्ता बालिकाको शव २१ दिनपछि फेला

बैतडी– विद्यालय जाँदा बेपत्ता भएकी एक बालिकाको शव २१ दिनपछि फेला परेको छ।

बैतडीको दोगडाकेदार–२, ढिकगाड घर भई दशरथचन्द नगरपालिका–४, बमरोडामा बुबा खडक सार्कीसँग बस्दै आएकी ८ वर्षीया बालिका कलावतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए। कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टि भीरको छेउमा रहेको खोल्सामा शव भेटिएको  हो।

बालिकाको शव धेरै दिनपछि फेला परेकाले अस्थिपञ्जर मात्रै फेला परेको प्रहरीले जनाएको छ। बालिकाको कसरी मृत्यु भयो ? कसले खाल्डोमा गाड्यो वा कसैले हत्या गरेको हो भन्ने विषयमा केही खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बालिकाकी बुबा खडकका अनुसार असार १८ गते बिहान विद्यालय पु-याएपछि उनी बेपत्ता भएकी हुन्। बालिका बेपत्ता भएलगत्तै खोजतलास गरे पनि प्रहरीले फेला पार्न सकेको थिएन।

प्रकाशित: ९ श्रावण २०७६ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App