८ वैशाख २०८१ शनिबार
अर्थ

करिब ६९ प्रतिशतले लिए तेस्रो किस्ता

नुवाकोट – २०७२ को भूकम्पले भत्किएका निजी आवासमध्ये नुवाकोटका ६८.५३ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता रकम बुझेका छन्। जिल्लाका ७५ हजार दुई सय ६७ घर पुनर्निर्माण गर्नुपर्ने र एक हजार पाँच सय ४२ घर प्रवलीकरण गर्नुपर्ने सूचीमा समाहित भएको थियो। पुनर्निर्माण गर्नुपर्नेमध्ये ७३ हजार तीन सय २४ परिवारले आवास निर्माणका लागि सम्झौता गरेका छन्। सम्झौता गरेकामध्ये ७२ हजार सात सय २२ लाभग्राहीले पहिलो किस्ता लिएका छन्। 

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटको अनुसार ८९.३ प्रतिशत अर्थात ६७ हजार दुई सय १३ परिवार लाभग्राहीले दोस्रो किस्ता लिएर घर निर्माण गरिरहेका छन्। अहिले सम्म ६८.५३ प्रतिशत अर्थात ५१ हजार पाँच सय ७९ लाभग्राहीले पूर्ण रुपमा घर निर्माण सकेर तेस्रो किस्ताबापत एक लाख रुपैयाँ लिएका छन्।  

यस्तै घर प्रवलीकरण गर्नुपर्ने सूचीमा समाहित एक हजार पाँच सय ४२ घरमध्ये चार सय ७९ परिवारले सम्झौता गरेको र पहिलो किस्ता तीन सय १० परिवारले लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ।
 

प्रकाशित: ९ श्रावण २०७६ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App