८ वैशाख २०८१ शनिबार
राजनीति

नेतृत्व नहुँदा ठूला आयोजना थप अन्योलमा

धरान - काम चलाउ बनिसकेको सरकारका तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले २०७४ सालमा आफ्नो स्वार्थ पूरा नभएपछि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानको निर्माणाधीन मातृशिशु स्याहार केन्द्र (एमसिएच) सँगै अंकोलोजी र कार्डियोलोजीको भुक्तानी रोक्ने निर्णय गरे।

यो निर्णयले भुक्तानी रोकिएपछि ४ सय शड्ढयाको एमसिएच भवन निर्माण कार्य अलपत्र छ। यस्तै अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माण सुरु गर्ने प्रक्रिया पनि दुई वर्षयता अघि बढ्न सकेको छैन। उपकुलपति पदमा नियुक्त भएपछि डा. राजकुमार रौनियार यी आयोजना अघि बढाउन प्रयास गरे पनि सफल भएनन्। प्रतिष्ठानकै पूर्वपदाधिकारी र बहालवाला पदाधिकारीबीचको शक्तिको खेलले उनलाई सधैं आफ्नो पद गुम्ने डर भइरह्यो। शक्तिको चलखेल, कमिसन र अनियमितताको दलदलमा फसेको प्रतिष्ठान अन्ततः अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ।

गत असार २६ गते उपकुलपति रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘घुस’ लिएको ८ लाख नगदसहित रंगेहात पक्राउ ग¥यो। यो घटना सेलाउन नपाउँदै असार ३० मा अख्तियारले बहालवाला रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिस्ट्रार अमित श्रीवास्तव, आर्थिक प्रशासन महाशाखा प्रमुख दिनेशराज दाहाल, पूर्वउपकुलपति डा. बिपी दास, अस्पताल निर्देशक डा. अरविन्द सिन्हालगायत ८ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर ग¥यो। उनीहरु सबै निलम्वनमा परेका छन्। अहिले नेतृत्वविहीन बनेको प्रतिष्ठान २ वर्ष यता आफ्नो स्थापनाको लक्ष्यअनुसार अघि बढ्न पनि अलमल भइरहेको छ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक साताअघि शिक्षाध्यक्ष डा. गुरु खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिए पनि अधिकार सीमित पारिएको छ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक साताअघि शिक्षाध्यक्ष डा. गुरु खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिए पनि अधिकार सीमित पारिएको छ। उनलाई तलब, पानी, बिजुली, टेलिफोन र दैनिक प्रशासनिक कार्यालयको खर्च भुक्तानीमात्र गर्ने अधिकार दिइएको छ। प्रतिष्ठानको नीतिगत निर्णय गर्न र दीर्घकालीन महŒवका आयोजनाबारे उनलाई निर्णय गर्ने अधिकार छैन। नयाँ आर्थिक वर्ष सुरु भएको अवस्थामा प्रतिष्ठान दैनिक कार्यसञ्चालनमा मात्र सीमित भएको छ। ‘पदाधिकारीले दैनिकरुपमा गर्ने काम नियमावलीले नै तोकिदिएको छ। दीर्घकालिन निर्णय गर्नुपर्दा, नीतिगत निर्णय गर्नुपर्दा उपकुलपतिको पूर्ण अधिकार चाहिन्छ,’ प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले भने, ‘सामूहिक निर्णय गर्नुपर्ने विषय, विकास निर्माण र नीतिगत निर्णय प्रभावित हुन्छ, दैनिक रुटिनको काममात्र हुन्छ।’

प्रतिष्ठानको सर्वोच्च निकाय सिनेट (सञ्चालक परिषद्) बैठकपछि नीतिगत निर्णय गर्ने निकाय कार्यकारिणी समिति हो। अधिकार सीमित पारिएका उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक राख्ने अधिकार पनि हुँदैन। ‘कार्यकारिणी समितिको बैठक उपकुलपतिको अध्यक्षतामा बस्ने हो, सदस्यसचिव रहेका रजिस्ट्रारले बैठक बोलाउने हो,’ प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने, ‘निमित्त भिसीलाई सीमित अधिकार तोकिएकाले दैनिक काममात्र हुने भयो, दीर्घकालीन योजना र नीति निर्माण रोकिने भयो।’

भ्रष्टाचार मुद्दाले रजिस्ट्रार र डेपुटी रजिस्ट्रार पनि निलम्बित छन्। सीमित अधिकार भएका उपकुलपतिले रजिस्ट्रारको अधिकार वा जिम्मेवारी कसैलाई प्रत्यायोजन गर्न पनि सक्दैनन्। आर्थिक महाशाखा प्रमुख पनि निलम्बनमा नै छन्। ‘समिति अधिकार भएको भिसीबाट बिपी लामो समय चल्न सक्दैन। पूर्ण अधिकार भएको वा निमित्त भिसीलाई नै अधिकार प्रत्यायोजन गरिनुपर्छ,’ अध्यक्ष तामाङले भने, ‘नत्र प्रतिष्ठानले पार पाउन सम्भव छैन।’

पदाधिकारीबीचको बेमेलले प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन। ७ जनाको समितिमा हाल उपकुलपति र रजिस्ट्रार छैनन्। कम्तीमा महिनामा एकपटक अनिवार्य बैठक बस्नुपर्ने नियमावलीमा छ। बैठक बस्न नसक्दा महत्वपूर्ण निर्णय पछि अनुमोदन गर्नेगरी उपकुलपतिले अघि बढाउने गरेका थिए।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह भने निमित्त उपकुलपति नियुक्त भइसकेकोले अन्योलको अवस्था नभएको दाबी गर्छन्। ‘असहजता छैन, निमित्त उपकुलपति नियुक्त भइसकेकाले अन्योल पनि छैन,’ उनी भन्छन्। निमित्त उपकुलपतिको पनि जिम्मेवारी पाएका शिक्षाध्यक्ष खनाल हाल स्वास्थ्य मन्त्रालय पुगेका छन्। उनी सीमित अधिकार तोकिँदा काम गर्न असहज भएकाले थप अधिकार प्रत्यायोजनको माग लिएर स्वास्थ्यमन्त्री यादवलाई भेट्न मन्त्रालय गएका हुन्। खनालले पनि छलफलका लागि आफू मन्त्रालय आएको स्वीकार गरे। ‘छलफलका लागि नै आएको हुँ, चाहिने अधिकार पाउँछु, कुनै शंका छैन,’ उनले भने।
 

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गत दुई वर्षदेखि निर्माण कार्य ठप्प भएको एमसिएच भवन।
र,

नेतृत्वविहीन उपकुलपति कार्यालय।
तस्बिर ः रोहित÷नागरिक

प्रकाशित: ९ श्रावण २०७६ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App