coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा परी चीनमा ११ को मृत्य

बेइजिङ – चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार गुइझोउ प्रान्तमा मंगलबार अबेर गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो।

उनीहरूले स्थानीय समयानुसार बेलुका ९.२० बजे लिउपान्सुईको गाउँमा पहिरो गएको बताएका छन्। पहिरोले २१ घर पुरेको छ। प्रभावित क्षेत्रमा पहिरो खसेको बेला ५० भन्दा बढी मानिस रहेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्।

उद्धारकर्ताहरूले बुधबार बिहान ११ बजेतिर ११ जनाको शव भेट्टाएका थिए। अन्य ११ जनालाई जीवितै उद्धार गरिएको र ३४ जना अझै बेपत्ता नै रहेको अधिकारीहरुले जनाएका छन्।   

बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन्। घटनास्थलमा मन्त्रालयबाट खटिएको र स्थानीय सरकारले खटाएका उद्धारकर्ताहरुले मिलेर काम गरिरहेका छन्। आपत व्यवस्थापन मन्त्रालयले पहिरो गएको थाहा पाउने बित्तिकै उद्धारकर्ताहरुको टोली घटनास्थलमा पठाएको थियो।  बेपत्ता भएकाको खोजीका लागि व्यावसायिक उद्धारकर्ता, अग्निनियन्त्रक, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत एक हजारजना घटनास्थलमा खटिएका छन्।

 

 

 

प्रकाशित: ९ श्रावण २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App