coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘यी हुन् नेपालसँग भारतको तीन स्वार्थ’ (भिडियाेसहित)

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री तथा कुटनीतिक मामलाका जानकार, रमेशनाथ पाण्डेले नेपालसँग भारतको तीन वटा स्वार्थ रहेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा रिपब्लिकाका सम्पादक सुभाष घिमिरेसँग कुरा गर्दै पाण्डेले यस्तो खुलासा गरेका हुन्। पाण्डेका अनुसार भारतले पानी, सुरक्षा र नेपालमा तेस्रो शक्ति नआओस् भन्ने चाहेको छ। तर यी कुरा मिलाउन सकिरहेको छैन्। यो विषय मिलाउनु ठूला कुरा त होइन् तर दुई देशका नेताहरुबीच विश्वास नभएर हो। 

नेपालको पररष्ट्र नीति राष्ट्रबाट भन्दा पनि सत्ताबाट सञ्चालित भएको आरोप लगाएका छन्। नेपालले कामभन्दा बढी कुरा बढी गर्ने भन्दै उनले भने ‘पहिला नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा विश्वका सबैले बोल्थे तर अस्तिको नाकाबन्दीमा कोहि बोलेनन्। हाम्रो विपत्तिमा साथ दिएका छैनन् अरु देशले। वशिवले कसरी नेपाललाई हेरिरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी छ।’

त्यस्तै केहि समयअघि भेनेजुएलाको विषयमा नेपालको परराष्ट्र उत्तेजित भएर प्रतिक्रिया दिएको उनले बताए। उनले भने ‘हो यहि हो हाम्रो परराष्ट्र नीति राष्ट्रबाट भन्दा सत्ताबाट निर्देशित भएको भन्या। पररष्ट्र मन्त्रालयमा कसैले ध्यान दिदैंन । सबैले आ आफ्नो तालमा बोल्दै हिड्छन्।’ 

त्यस्तै भारत संसारको अर्थतन्त्रमा अब्बल छ उनले भारतसँग डिल गर्दा उच्चस्तरमा विश्वास हुनुपर्ने बताएका छन्। ‘विश्वास यस्तो होस् कि ठूला ठूला विषय पनि फोनबाटै हल हुन सकोस।’ भारतमा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच ढोका थुनेर के कुरा हुन्छ भन्ने प्रश्नमा पाण्डेले भने ‘त्यहाँ महत्वपूर्ण कुराहरु हुन्छ। गर्न नसक्ने कुराहरु हुन्छ। खुलेर कुरा हुन्छ। जुन कुरा मिल्न नसक्ने कुराहरु हुन्छ, त्यो कुरा हुन्छ। अनि पछि वार्ताबाट टुंगिन्छ।

नेपाल र भारतबीच सम्बन्ध घनिष्ठ भएकाले नेपालको प्रधानमन्त्री भारत जाँदा जनता सशंकित हुने गरेको उनले बताए। नेपालका नेताहरु सत्तामा जान भारतलाई भर्याङ बनाउने गरेको उनले आरोप लगाए। हामी साना मसिना कुरामा लाग्छौं। अनि शंका उत्पन्न हुन्छ।’

उनले गफ बढी गरेका कारण काठमाडौंसँग चीन खुशी हुन नसकेको बताए। उनका अनुसार परराष्ट्र मामिला सञ्चालन गर्दा कमजोर हुँदै गएको छ। हिजो चीनको पूर्वप्रधानमन्त्रीको निधन भयो तर आजसम्म नेपाल सरकारले श्रदाञ्जली दिएन। हिजो नेपाल र चीनबीच नाका खोल्ने विषयमा बजेट छुट्याउने पूर्वप्रधानमन्त्रीको निधन हुँदासमेत नेपालले सम्झिएन्।’

‘चिनिया राष्ट्रपति नेपाल भ्रमणमा आउनका लागि दुबै देशको समान इन्ट्रेस्ट हुनुपर्छ। हामीले प्रचार बढी गयर्यौं। सकरात्मक प्रचार गर्न सकेनौं। अनि चीनलाई विश्वस्त गर्न सकेनौं। चीनबाट आउनेलाई तिम्रो नेतालाई भिजिट गराइदेउ भनेर हलुका भयौं। यो फलदायी कुरा होइन्।’

प्रकाशित: ८ श्रावण २०७६ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App