७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृहमन्त्री थापालाई संसदमै गगनको व्यंग्य

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापालाई व्यंग्य गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा गगनले गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर व्यंग्य गरेका हुन्। 

गृहमन्त्री थापाले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ‘निर्मला प्रकरणहरु हिजो पनि थिए, आज पनि छ र भोलि पनि रहन्छ। यस्ता अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं’ भनेका थिए। 

यसको जवाफमा नेता थापाले बुधबार संसदमा भने, ‘गृहमन्त्रीलाई मेरो अनुरोध छ, हिजो एउटा सन्दर्भमा भन्नुभएको रहेछ, बलात्कार हिजो पनि भयो, आज पनि छ, भोलि पनि रहन्छ। बाढी पहिरोको बारेमा त्यसो नभन्दिनुहोला।’

बाढी पहिरो तथा डुबानको विषयमा सरकार गम्भीर नभएको भन्दै उनले यो विषयमा गैरजिम्मेवार अभिव्यक्ति नदिन गृहमन्त्रीलाई पहिले नै सचेत गराएका हुन्। विपदको बेलामा आफूहरु सरकारलाई साथ दिन चाँहिरहेको बताउँदै उनले भने, ‘सरकारले लिड गरोस, हामी साथ दिन्छौं।’ नेता थापाले विपदमा परेका सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।

थापाले सदनको कारवाही कसले रोकेको भन्नेबारे सत्तासीन पार्टीका प्रधानमन्त्री तथा नेताहरुले जानकारी नगराइएको पाइएकाले सूचनार्थ जानकारी गराउन सभामुखलाई आग्रह समेत गरे। 

प्रकाशित: ८ श्रावण २०७६ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App