७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषा– धनुषामा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको पुर्वी क्षेत्र गणेशमान चारनाथ नगरपालिका–२ विरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएका छन्। पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको हो।

स्थानीय सबिन मगरका १२ वर्षीय छोरा आदित्य मगर र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाश मगर पानीमा डुबेर मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रोमेश्वर कार्कीले नागरिक न्यूजलाई बताए।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको उपचारको क्रममा मृत्यु भएको छ। पानीमा डुबेर अवस्था एकदमै गम्भीर भएको ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए। 

प्रकाशित: ८ श्रावण २०७६ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App