६ वैशाख २०८१ बिहीबार
अर्थ

डण्डाबाट राजश्व असुली ६ गुणा

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल ३८ नं. गुल्म (डण्डा) रुपन्देहीले राजश्व संकलनमा ६ गुणा वृद्धि गरेको छ। पश्चिम नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राजश्व भन्सार सुरक्षा गुल्मले सिमा नाकामा चोरी तस्करीलाई नियन्त्रण गर्ने उद्देश्य अवैध सामान नियन्त्रण गरी राजश्व असुली ६ गुण वृद्धि गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ मा अवैध रुपमा भारतबाट नेपाल ल्याउने सामान नियन्त्रणमा लिई ३ करोड ३ लाख ४३ हजार ६ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्दबहादुर खातीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४८ लाख १७ हजार १ सय ५५ रुपैया राजश्व संकलन भए पनि यस आवमा गत वर्षको ६ गुण वढि राजश्व असुली गर्न सफल भएको बताए।

राजश्व संकलन मध्ये सबै भन्दा बढि राजश्व अवैध रुपमा नेपालभित्रका सामानहरु बाट १ करोड ३ लाख ८ सय ९६ रुपैया रहेको छ। त्यस्तै ओसारपसारमा संलग्न सवारी साधनबाट ८९ लाख २० हजार रुपैया, बोइलर कुखुरा, चल्ला, मासु जन्य सामाग्रीबाट १५ लाख ९८ हजार ओसारपसारमा संलग्न व्यक्तिको बिगो धरौटीबाट ४८ लाख ८० हजार र नगद अवैध मुद्राबाट ४६ लाख ४४ हजार ३ सय ६० रुपैया गरी ३ लाख ४३ हजार ६ सय ३२ रुपैया राजश्व संकलन भएको हो।्

भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामानहरुमा अधिकांश लत्ता कपडा, किराना पसलका सामानहरु, हार्डवेयर सामान, कस्मेटिक, स्टेशनरी, विद्युतीय सामाग्री रहेको छ। त्यस्तै ओसारपसारमा ट्रक १, बलेरो पिकअप तथा कार ५, मोटरसाईकल ११, साईकल २ वटा सवारी साधान र २७ जना व्यक्ति संलग्न रहेको कार्यालयले जानकारी दिइएको छ।

त्यस्तै कार्यालयले आवभित्र लागूऔषध पनि बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ। ३०० ट्यावलेट नाइट्रोसन, ७५ ट्यावलेट नाइडोमेट, ६११ ट्यावलेट नाइट्राजेपाम, ३४७ एमपुल फेनारागन, ३४९ एम्पुल नुफिन, ३५० एम्पुल डायजेपाम लगायत विभिन्न थरिका लागूऔषध बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App