coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गगन थापाले संसदमा भनेः सरकार देखिएन, भेटिएन

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भीर नभएको बताएका छन्। 

प्रतिनिधिसभामा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको बाढीपहिरो सम्बन्धी जरुरी महत्वको प्रस्तावलाई समर्थन गर्दै नेता थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकार नदेखिएको बताए। 

‘मधेस बाढीले सबैभन्दा पीडित छ भने पहाडको पीडा पनि कम छैन। काठमाडौं उपत्यकामा पनि मेरै निर्वाचन क्षेत्रको बुढानिलकण्ठमा पहिरोले थुप्रै मानिस पीडित छन्। सदस्यहरुले आफ्नो क्षेत्रमा पुगेर त्यहाँको अवस्था प्रस्तुत गर्नुभयो। सभापति शेरबहादुर देउवाले प्रदेश २ का विभिन्न जिल्लामा गएर अवलोकन गरेर सरकारको ध्यानाकर्षण गराउनुभयो’, उनले भने, ‘सबैको सार एउटै छ सरकार देखिएन, भेटिएन।’ 

नेता थापाले विपदमा परेका सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गर्न सरकारको ध्यानाकर्षणसमेत गराए। सरकारकाे इमान्दार प्रयासमा साथ रहने प्रतिबद्धता समेत जनाए।

नेता थापाले भूकम्पका बेला मधेसका नागरिकलाई काठमाडौं तथा पहाडलाई सहयोग गरेको स्मरण गर्दै दुःखमा परेका नागरिकलाई सहयोग गर्न काठमाडौंवासीलाई अपिल गरे। 

उनले प्रत्येक वर्ष आउने विपद नियन्त्रणका लागि अहिले नै सोच्नुपर्ने र काम गर्ने तरिका बदलेर अघि बढ्नुपर्नेमा जोड दिए। ‘विकासको ढाँचालाई बदल्नै पर्छ’, उनले भने। 

नेता थापाले तत्काललाई राहत, उद्धार पुनर्स्थापना जुट्नुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: ८ श्रावण २०७६ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App