८ वैशाख २०८१ शनिबार
समाज

नुवाकाेटमा ६८ दशमलव ५३ प्रतिशतले लिए तेस्रो किस्ता

नुवाकोट– २०७२ सालकाे  विनाशकारी भुकम्पपछि भत्किएका निजि आवासमध्ये नुवाकोटमा ६८ दशमलव ५३ प्रतिशत लाभग्राहीले मात्र तेश्रो किस्ता रकम बुझेका छन्।

जिल्लाका ७५ हजार २ सय ६७ घर पुर्णनिर्माण गर्नुपर्ने र १ हजार ५ सय ४२ घर प्रवलीकरण गर्नु पर्ने सूचीमा समाहित भएको थियो। पुननिर्माण गर्नुपर्ने मध्ये ७३ हजार ३ सय २४ परिवारले आवास निर्माणको लागि सम्झौता गरेका छन्। सम्झौता गरेका मध्ये ७२ हजार ७ सय २२ लाभग्राहीले पहिलो किस्ता लिएका छन्।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटको अनुसार ८९ दशमलव ३ प्रतिसत अर्थात ६७ हजार २ सय १३ परिवार लाभग्राहीले दोश्रो किस्ता  लिएर घर निर्माण गरिरहेका छन्। अहिलेसम्म ६८ दशमलव ५३ प्रतिशत अर्थात ५१ हजार ५ सय ७९ लाभग्राहीले पूर्ण रुपमा घर निर्माण सकेर तेश्रो किस्ता बापतको १ लाख रुपैयाँ लिएका छन्।

यस्तै घर प्रवलिकरण गर्नुपर्ने सूचीमा समाहित भएका १ हजार ५ सय ४२ घर मध्ये ४ सय ७९ परिवारले सम्झौता गरेको र पहिलो किस्ता ३ सय १० परिवारले लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ। 

प्रकाशित: ८ श्रावण २०७६ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App