सुन्ने कला

बुधबार, ०८ साउन २०७६, १५ : ३२ नागरिक

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

चाइनिज भाषामा सुन्नुलाई कान र मुटु (इयर एण्ड हर्ट) को चित्रले जनाउछ रे। अर्थात् अरुले भनेको मन लगाएर सुन्यो भने मात्र राम्रो गरी सुनेको मानिन्छ। यदि कसैले काम गर्दागर्दै वा टेलिभिजन हेर्दै वा पुस्तक वा अखबार पढ्दै अँ भन्नुस् त मैले सुनेको छु भन्छ भने यसलाई सुन्नु भनिँदैन। यस्तो सुनाइलाई ध्यान नदिएको, सुनेको बहाना पारेको अरुको कुरामा चाख नलिएको, कुरा गरिरहेको मानिसलाई महत्त्व नदिएको, कुरा पन्छाउन खोजेको आदि जे भन्दा पनि हुन्छ।

अरुले कुरा गरेको ध्यान दिएर सुन्न सक्नु एउटा कला हो। अरुकोे विचारलाई र भावनालाई महत्त्व दिएर सुन्नु भनेको बोल्ने व्यक्तिलाई आदर गरेको पनि हो। बिरामी परेको बेलामा वा विभिन्न समस्या परेको बेलामा उनका कुरा सुन्नु भनेको उनको समस्या बुझ्नु हो। धेरै जसो समस्या परेका बेलामा उनको कुरा कसैले ध्यानपूर्वक सुनिदियो भने, ती व्यक्तिको समस्या समाधान गर्न पनि सहयोग हुन्छ किनकि आफ्ना समस्या केलाउँदै जाँदा त्यसका समाधान पनि ती व्यक्तिले आफैँ भेटाउन सक्छन्।

कानले सुन्ने भनिए तापनि सुनेका शब्दहरु मस्तिष्कको सुन्ने केन्द्रमा पुगेर अर्थ लागेपछि बल्ल बुझिन्छ। मस्तिष्कले वा मस्तिष्कका विभिन्न केन्द्रहरुले एक पटकमा एउटा कामलाई मात्र राम्रो सँग ध्यान पु-याउन सक्छन्। मल्टी टास्किङ गर्न धेरै कुरामा फोकस गर्नुपर्छ त्यसैले राम्रो मानिँदैन। हामीले छिन छिनमा मोबाइल, फेसबुक आदि सोसल मिडियाको प्रयोग गरिरह्याँै भने आफ्नो मुख्य काममा ध्यान एकत्रित गर्न सकिँदैन। पढदा वा काम गर्दा जति सरलीकरण गर्न सक्यो त्यति सम्झिन सजिलो हुन्छ। जति रिल्याक्स भएर काम ग¥यो त्यति ध्यान एकत्रित हुन्छ।

साइको थेरापीका सेसनहरुमा मनोविद्ले आफ्ना ग्राहकका कुरा निकै ध्यान दिएर सुन्ने गर्छन् जसलाई एक्टिभ लिसनिङ भनिन्छ। यस्तो सुन्ने कलालाई समस्याको समाधानका लागि महत्त्वपूर्ण मानिन्छ। शिक्षकहरु, मेनेजरहरु, चिकित्सकहरु मनोविद्हरु र जर्नलिस्टहरु धेरैले सुन्ने कला जानेका हुन्छन्। ग्राहकहरु खुसी होऊन् वा सन्तुष्ट होऊन् भन्नका लागि पनि सुन्ने कला राम्रो हुनुपर्छ।

धेरै मानिसहरुमा अरुको कुरा सुन्ने धैर्य हुँदैन, कति बेला आफ्नो कुरा भनाैँ र सुझाव दिऊँ भन्ने हतार हुन्छ। तर अरुले बोलेको कुरा पूरा नसुनी बीचमै बोल्नु राम्रो होइन र अरुको कुरा राम्रोसँग सुन्नुको बदला उल्टै आफ्नो कुरा सुनाउन थाल्नु झन् राम्रो होइन। नेपाली समाजमा आफन्त बिरामी परेको बेलामा भेट्न जाने चलन छ। त्यस्तै आफ्नो दाजुभाइ, छिमेकी, नातापाता आदिको मृत्यु हुँदा परिवारजनलाई भेट्न जाने चलन छ यो आफैँमा निकै राम्रो चलन हो। तर कति मानिसहरु, त्यस्तो बेलामा पनि आफ्नै कुरा गर्ने, आफ्नै  दुःखेसो पोख्ने वा हाँसोठट्टा गर्ने गर्दछन् र यस्तो गर्नु राम्रो मानिँदैन। त्यस्तो बेलामा त दुःखी र पीडित परिवारजनले बोलेको कुरा, उनीहरुका विचारहरु र उनीहरुका भावनाहरु राम्रोसँग ध्यानपूर्वक सुनिदियो भने मृतकप्रति वास्तविक श्रद्धाञ्जलि र परिवारप्रति सान्त्वना दिएको मान्न सकिन्छ।

त्यस्तै गरेर बिरामी परेको बेलामा बिरामीलाई अनेक किसिमको डर, त्रास, शंका लागेको हुन्छ, आफ्नो स्वास्थ्यप्रति चिन्ता लागेको हुन्छ र आफ्नो परिवारबारे विभिन्न सोचाइहरु आइरहेका हुन्छन्। यी विभिन्न विचार र भावनाहरुले बिरामीलाई एक प्रकारको उकुसमुकुस भइरहेको हुन्छ। यस्तो बेलामा उनका विचार र भावनालाई मन लगाएर सुनिदियो भने औषधि उपचारको काम गर्दछ। किनकि उकुसमुकुस गराउने भावनाहरु बाहिर आएपछि मन हलुका हुन्छ, मानसिक तनाव कम हुन्छ र यसले औषधिको काम गर्छ। औषधिको कुरा गर्दा आफूभित्र गुम्सिएका भावनालाई कम गर्ने औषधि कुनै छैन, अर्थात् कुनै चक्की, क्याप्सुल वा झोल छैन। यस्तो अवस्थाको औषधि भनेको गुम्सिएको भावनालाई बाहिर ल्याउनु हो र बाहिर ल्याउनका लागि एकजना विश्वासिलो पात्र चाहिन्छ जसले आफ्ना कुराहरु मन लगाएर सुनिदेयोस् र अरुलाई नभनिदेओस्।

कतिपय कुराहरु धेरैले गोप्य राख्न खोज्छन्, आफ्नो विश्वासिलो साथी वा उपचार गर्ने मनोवैज्ञानिक वा चिकित्सकसँग मात्र भन्न चाहन्छन्। यदि काउन्सेलर वा चिकित्सकले आफ्नो कुरामा ध्यान दिएको देखेनन् भने बिरामीले आफ्ना कुरा बताउनु व्यर्थ छ भन्ने बुझ्छन र बताउँदैनन्। आफ्ना कुरा ध्यानपूर्वक मन लगाएर सुनेको देखेपछि मात्र उनीहरु आफ्ना सबै कुरा बताउन तत्पर हुन्छन्। फेरि आफ्ना कुराहरु मन लगाएर ध्यानपूर्वक सुन्ने व्यक्तिलाई कसले मन नपराउला ? ध्यानपूर्वक मन लगाएर सुन्नु भनेको ती व्यक्तिलाई आदर गर्नु हो, सम्मान गर्नु हो, महŒव दिनु हो, उनको भलाई चाहनु हो र उनलाई छिटो राम्रो होस् भन्ने हो।

धेरै मानिसहरुलाई अरुको कुरा सुन्ने धैर्यता नै हुँदैन। उनीहरुलाई लाग्छ आफ्नो विचार भन्यो भने, गहकिला कुरा ग¥यो भने, राम्रा राम्रा शब्दहरु प्रयोग गरी सान्त्वना दियो भने राम्रो हुन्छ। तर सुझाव वा सर सल्लाह यदि कसैले नमागिकन दिने हो भने त्यसको कुनै प्रयोजन हुँदैन, कुनै महत्त्व हुँदैन त्यसले कुनै फाइदा गर्दैन। भनिन्छ सबभन्दा सस्तो र सबैले हतारिएर दिने सल्लाह हो रे र सबैले नलिने पनि सल्लाह नै हो रे। बिरामी भएको बेलामा स्वास्थ्य परीक्षण गरी रिपोर्टको आधारमा के गर्दा राम्रो हुन्छ भनेर बिरामीले सल्लाह मागेपछि रोग नियन्त्रण गर्न वा रोग निको पार्न दिएको सल्लाहसमेत मान्न धेरैलाई कठिन छ भने, माग्दै नमागेको सल्लाह अरुलाई दिनुको कुनै अर्थ छैन। सल्लाह वा सुझाव दिन त सबैलाई मन लाग्छ तर त्यसो नगर्नु नै उपयुक्त हो।

राम्रोसँग मन लगाएर सुन्छु भन्ने इच्छा हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति आउन सक्छ। मानाैँ यस्तो बिरामी हुनु हुन्छ जसको रोग निको नहुने खालको छ, वहाँ अन्तिम अवस्थातिर आइसक्नु भएको छ, सबैजनालाई अब केही उपचार हुन सक्दैन भन्ने थाहा छ त्यस्तो अवस्थामा के गर्ने ? बिरामीको अगाडि गएर आफैँ रुन थाल्नु भनेको बिरामीलाई अझ विचलित गराउनु हो र यस्तो त गर्नै हुँदैन। यस्तो अवस्थामा चुपचाप बिरामीसँगै बस्नु राम्रो हो वा आफ्नो हात बिरामीको हातमा राख्नु राम्रो हो। एक अर्कालाई हेर्दा पनि धेरै कुरा आदानप्रदान भएको हुन्छ, शरीरको हाउ भाउले पनि धेरै कुरा बोलेको हुन्छ र हृदय हृदयबीचमा पनि संवाद भएको हुन्छ। मुख्य उद्देश्य त बिरामीलाई कति माया गर्छु र कति ध्यान दिन्छु भन्ने दर्शाउनु हो, आफ्नो माया र प्रेम देखाउनु हो। त्यसका लागि एक शब्द नबोलिकन पनि आफ्नो माया र प्रेम देखाउन सकिन्छ, आफ्ना भावनाहरु बिरामीलाई बुझाउन सकिन्छ।

कसैको कुरा ध्यानपूर्वक सुन्नु भनेको आफ्नो ध्यान राम्रोसँग लगाउनु हो। हाम्रो ध्यानलाई विभाजित गर्ने वा भङ्ग गर्ने तŒव मन भाग्नु हो वा अन्य कुराको सोचाइ आउनु हो। जति मन एकत्रित गर्न  सक्यो त्यति ध्यान बढी दिन सकिन्छ। समय दिएर अरुको कुरा सुन्नका लागि हतार भएको हुनु हुँदैन। कहिलेकाहीँ हतार भएको अवस्था छ भने, कुनै अर्को समय रोज्न सकिन्छ जुन दुवैलाई मिल्ने हुन्छ।
त्यसैले याद गर्नुहोला (लिसनिङ इज अ पावरफूल फ्रम अफ कम्युनिकेसन)। (जस्ट सिटिङ विथ सम वन साइलेन्टली इभन ह्वेन, दे आर नट टकिङ इज स्टिल अ फर्म अफ लिसनिङ)  
सुन्ने एउटा कला हो, यो कला सिक्नुपर्छ, पटक–पटक यसको प्राक्टिस गर्नुपर्छ अनि मात्र अरुको कुरा राम्रोसँग सुन्ने क्षमताको विकास हुन्छ।

बि अलान वालेसले आफ्नो पुस्तक (दी अटेन्सन रिभोलुसन)  मा लेख्छन् “मन आन्दोलित भएर वा मनमा सुस्तता आएर हामीले हाम्रो ध्यान आफ्नो काममा लगाउन सकेनौं भने, कुनै काम पनि राम्रोसँग गर्न सकिँदैन। पढ्न, अरुको कुरा सुन्न र बुझ्न, काम गर्न, खेल्न, ध्यान गर्न हरेकमा चित्त केन्द्रित हुन आवश्यक छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad