coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रकोप पीडितलाई नेकपाको आर्थिक सहयोग

ओखलढुंगा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रकोप पीडितलाई सहयोग गरेको छ। बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका पाँच परिवारलाई नगद सहयोग गरेको हो। नेकपाका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा कोष स्थापना गरि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो।

बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई प्रति मृतक २५ हजारका दरले आर्थिक सहयोग गरिएको नेकपा ओखलढुंगाले जनाएको छ। केही साताअघिको अविरल वर्षापछिको बाढी पहिरोमा परेर जिल्लामा पाँच जनाको ज्यान गएको थियो।

पहिरोमा ज्यान गुमाउने मोलुङ गाउँपालिका–७ पात्लेका पुटी शेर्पा र उनकी १० वर्षीया छोरी याङ्जी शेर्पा, सिद्धिचरण नगरपालिका–६ जन्तरखानीकी कान्छीमाया श्रेष्ठ र बाढीमा परेर चिशंखुगढी गाउँपालिकाकी ८५ वर्षीय पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईका परिवारलाई नेकपाका तर्फबाट संघीय सांसद यज्ञराज सुनुवारले प्रति मृतक २५ हजारका दरले रकम हस्तान्तरण गरेका हुन्।

आगामी दिनहरुमा पनि विपद्मा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ पुष्पलाल विपद् कोष स्थापना गरिएको सासंद सुनुवनरले बताए। त्यस्तै भुकम्प र पहिराले घर जोखिममा पारेपछि कटेरामा बस्दै आएका मोलुङ गाउँपालिका–१ कुन्तादेवीका रत्नप्रसाद धमलालाई पाँच हजार आर्थिक दिईएको पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिए।

बाढी पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नका लागि नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरिएको श्रोतले जनाएको छ। ओखलढुंगामा बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारले यस अघि जिल्ला विपद् व्यवस्थापन समितिले १ लाख, पूर्वसांसद रामहरि खतिवडाले १० हजार र उद्योग वाणिज्य संघले ३ हजारका दरले राहत सहयोग पाइसकेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App