१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री मन नपरे फेर्न पाइन्छः ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा प्रधानमन्त्री मन नपरे फेर्न पाइने बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग बुधबार भएको भेटमा उनले लोकतन्त्रमा प्रधानमन्त्री फेर्न मिल्ने बताएका हुन्।

‘लोकतन्त्र भनेकै यही हो, अहिलेको समय आन्दोलनको समय होइन,’ उनले भने, ‘संस्कार, योगदानको समय हो।’

यसैबीच निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबानपीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ।

युनियन र युनियनमा आबद्ध राष्ट्रियस्तरका कर्मचारी संघ, संगठनहरूको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए।

यस अघि औद्योगिक घराना केडिया अर्गनाइजेसनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबानपीडितका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराएको थियो।

प्रकाशित: ८ श्रावण २०७६ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App