coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बागमती र लालबकैया नदीमा पानीको बहाव उच्च

रौतहट– गए रातिदेखि परेको अविरल वर्षाको कारण बागमती र लालबकैया नदीमा पानीको वहाव बढेको छ। चुरे क्षेत्रमा परेको पानीले दुबै नदीमा बाढी आएको हो। बाढिले रौतहटको बागमती नदीमा २ ठाउँमा तटबन्ध भत्काएको छ। राजदेवी नपाको ब्रम्हपुरी र गढिमाइ नपाको ३ नम्बर वडा लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको छ।

गत असार २७ गते आएको बाढीले लाल बकैया नदीले ९ स्थानमा तटबन्ध भत्काएको थियो। लालबकैयाले कटहरिया, बुनियाद, लक्ष्मीनिया, लक्ष्मीपुर, परोहा, राजपुर, देवाही र बन्जरहा नजिक तटबन्ध नै बगाएको छ। राैतहटमा बिहानैदेखि पानी परिरहेकाे छ। बाढीले बगाएको तटबन्ध मर्मत नभएको कारण स्थानीय त्रसित छन्।

पधेरादोभान (कर्मैया) बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेकाे छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App