coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लाइसन्स नभएकालाई सवारी चलाउन दिनेलाई पनि कारबाही गर्दै ट्राफिक प्रहरी

लमजुङ- सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ।
नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो। चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो ।

चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताए।

उनका अनुसार चालक र सवारीधनी दुवैबाट रु एक/एक हजार जरिवाना लिने गरिएको छ । चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो ।

सवारीधनीलाई नै कारबाही गर्न थालिएपछि चालक अनुमतिपत्र नभई सवारी चलाउनेहरुको सङ्ख्यामा कमी आउने विश्वास ट्राफिक प्रहरी अच्युत विष्टले व्यक्त गरे। रासस

 

प्रकाशित: २० कार्तिक २०७३ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App