८ वैशाख २०८१ शनिबार
कला

स्ट्यान्डअप कमेडीमा धर्म परिवर्तनको मुद्दा

काठमाडौं – ‘धर्म परिवर्तन गर्यो भने पैसा पाइन्छ भनेर सुनेको थिएँ। त्यसैले क्रिश्चियन धर्म फलो गरेँ। तर, आजसम्म धर्म परिवर्तन गरेको पैसा पाएकी छैन्,’ स्ट्यान्डअप कमेडीको स्टेजमा बोल्दै कमेडियन योजना थापा मगर भन्दै थिइन्। धर्म परिवर्तन गर्यो भने पैसा पाइन्छ भन्ने आम मानिसको सोचमाथि व्यंग्य गर्दै उनले आइतबार ठमेलस्थित हाउस अफ म्युजिकमा आयोजना भएको स्ट्यान्डअप कमेडी सोमा प्रस्तुति दिइन्।

महिलाको विभिन्न मुद्दालाई आधारित मानेर स्ट्यान्डअप कमेडी गर्ने उनीले यसपटक भने धर्म परिवर्तनलाई प्राथमिकता दिएकी थिइन्। कमेडी टुकटुकले आयोजना गरेको स्ट्यान्डअप कमेडी सोमा कमेडियन आयुष श्रेष्ठले ‘बुद्ध वाज बन इन नेपाल’ लाई केन्द्रित गरेर व्यंग्यात्मक प्रस्तुति दिएका थिए। ‘बुद्ध वाज बन इन नेपाल भन्नुबाहेक हामीले भन्ने कुरा अरू केही छैन्,’ उनी भन्दै थिए।

सोबारे बोल्दै उनले भने, ‘सम–सामाजिक विषयमा केन्द्रित भएर आयोजना भएको स्ट्यान्डअप कमेडीमा सहभागि कमेडियनहरूले विभिन्न विषयबारे बोलेका थिए। उपस्थिति दर्शकहरूले सबै कमेडियनहरूको प्रस्तुति रूचाएको महसुस गरेको छु।’ राजधानीबाहेक पोखरा, चितवन र बुटवलमा स्ट्यान्डअप कमेडीले बिस्तारै दर्शक आकर्षित गर्दै गएको उनले बताए।

सोमा आयुष श्रेष्ठ र योजना थापा मगरसहित रजिना श्रेष्ठ, असुन भण्डारी र क्रिस्टी इन्हुल्सेनले व्यंग्यात्मक प्रस्तुति दिएका थिए।

प्रकाशित: ८ श्रावण २०७६ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App