मलेसियामाथि नेपालको सहज जित, ज्ञानेन्द्रको कीर्तिमान

बुधबार, ०८ साउन २०७६, १० : ५८ नागरिक

काठमाडौँ – सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ। मलेसियाले दिएकाे ८४ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पुरा गरेको हो। पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपाललाई जितले ठूलो राहत मिलेको छ।

नेपालकाे जितमा ज्ञानेन्द्र मल्लले शानदार अर्धशतक  बनाएका छन्। टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्। उनले २१ बलमा ५१ रन जोडे। त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरको खेलमा ७ विकेट गुमाउदै ८३ रन बनाएको थियो।

मलेसियाका लागि सएद अजिजले सबैभन्दा बढी ३० रन जोडे। उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। विरनदिप सिंहले १६ बलमा २१ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए। १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १/१ विकेट हात पारे। वर्षाले प्रभावित बनेको खेल ९ ओभरमा झारिएको हो।

नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी दुवै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad