१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फेकिर बेटिसमा

मड्रिड – विश्वविजेता फ्रान्सका मिडफिल्डर नबिल फेकिर फ्रेन्च क्लब लियोन छाड्दै ला–लिगा क्लब रियाल बेटिस जाने भएका छन्। मंगलबार स्पेनिस क्लब बेटिसले आफ्नो वेबसाइडमार्पmत विज्ञप्ति जारी गर्दै मिडफिल्डर फेकिरका लागि बेटिससँगको ट्रान्सफर सम्झौता पूरा भएको उल्लेख गरेको हो। फ्रेन्चका अन्तर्राष्ट्रिय खेलाडी फेकिरसँग बेटिसले सन् २०२३ सम्मका लागि सम्झौता ग¥यो। फेकिर बेटिस आएपछि टोली निकै मजबुत हुने आकलन गरिएको छ।

उनी गतिका साथै सुटिङ र टेक्निकका लागि राम्रो मानिन्छन्। बेटिसले फेकिरका लागि २० मिलियन युरो खर्चिएको बताइएको छ। साथै फेकिरले १० मिलियन बोनस पनि पाउन सक्छन्। लियोनले २६ वर्षे फेकिरका लागि ३ लाख ५० हजार युरो दिँदै आएको थियो। बेटिसमा उनको तलब बढ्न सक्ने अनुमान गरिएको छ।

लियोनले यस पटक च्याम्पियन्स लिग खेल्नेछ भने बेटिसको युरोपियन प्रतियोगिता यस सिजन छैन। गत सिजनको ला लिगा बेटिसले लिगको १०औं स्थानमा रहेर टुंग्याएको थियो। एक वर्षअगाडि मात्र लिभरपुलले फेकिरका लागि ७० मिलियन युरो प्रस्ताव गरेको थियो।

उनी त्यसका लागि लिभरपुलमा मेडिकल गर्नसमेत पुगेका थिए। तर, पछि लियोनले फेकिरलाई नबेच्न बताएको थियो। त्यस सिजन फेकिरको लियोनमा खासै राम्रो पनि बन्न सकेन। उनले उक्त सिजनमा ९ गोल मात्र गरेका थिए। त्यससँगै फेकिर सेभिया, भ्यालेन्सिया र नेपोली जाने चर्चा भए पनि अन्ततः बेटिसले आफ्नो बनायो। मस्कोमा सम्पन्न क्रोसियाविरुद्धको फिफा विश्वकप फाइनलमा पनि फेकिरले दोस्रो रोजाइका रूपमा खेलेका थिए।

प्रकाशित: ८ श्रावण २०७६ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App