कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

बुधबार, ०८ साउन २०७६, ०६ : ४३ वसन्त खड्का  | @bashantkdk

काठमाडौं - भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोदी दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ। उनका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए। तर भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ।

नेकपा अध्यक्ष दाहालको सचिवालयले पनि सुरुमा यो विषयलाई गोप्य नै राख्न खोजेको थियो। तर पछि गोयलसँग भएको भेटलाई दाहालको सचिवालयले पुष्टि ग¥यो। गोयलले दाहालसँग छोटो समय भेट गरेको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्रीसँग भेट गरेपछि सत्तारुढ दलका अध्यक्षका हिसाबले अध्यक्षज्यूसँग पनि रअ प्रमुख गोयलले भेट गरेका हुन्,’ दाहालको सचिवालयका एक सदस्यले भने, ‘भेट औपचारिक मात्र भएकाले सामान्य कुराकानी मात्र भयो।’

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलले आइतबार बेलुका शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावास र सोमबार बिहान पुष्पकमल दाहालसँग खुमलटारमा भेट गरेको खुलासा

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेको दाबी स्रोतको छ। तर ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यसलाई ठाडै अस्वीकार गरे। प्रधानमन्त्रीसँग ‘रअ’ प्रमुखले भेटेको भन्ने विषय प्रोपोगान्डा मात्र भएको बताउँदै उनले भने, ‘हुँदै नभएको कुरालाई भेटेको भनेर भ्रम सिर्जना गर्न खोजिएको छ।’

‘रअ’ प्रमुखले राजनीतिक नेतृत्वसँग भेटघाट गरे पनि यसबारे परराष्ट्र मन्त्रालय बेखबर छ। मन्त्रालयका एक उच्च अधिकारीले यसबारे मन्त्रालयलाई जानकारी नभएको बताए। कूटनीतिक आचारसंहिता अनुसार सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वले विदेशी अधिकारीसँग परराष्ट्र मन्त्रालयमार्फत भेट्नुपर्छ र भेटमा मन्त्रालयका अधिकारी पनि सहभागी हुनुपर्छ।

दक्षिण एसियामा आफ्ना खुफिया गतिविधिका कारण चर्चामा रहने ‘रअ’ प्रमुखसँग भेट गर्दा पूर्वप्रधानमन्त्रीहरुले कूटनीतिक आचारसंहिता लत्याएको मात्र नभई भेटलाई पनि गोप्य राख्ने प्रयास गरेको पाइएको छ। अर्काे मुलुकको गुप्तचर प्रमुखसँग पूर्वप्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वले गोप्य रुपमा भेट्नुले अझ बढी आशंका सिर्जना गरिदिएको छ। अर्काे मुलुकको खुफिया अधिकारीलाई भेट्दा कूटनीतिक आचारसंहिताको पालना नगर्नु र भेटलाई नै गोप्य राख्न खोज्नुलाई कूटनीतिक मामिला जानकार राजनीतिक नेतृत्वको अपरिपक्वता र कमजोरी भन्छन्।

पूर्वपरराष्ट्र सचिव मदन भट्टराई उच्च नेतृत्वले अर्काे मुलुकको अधिकारीसँग भेट गर्दा के गर्न हुन्छ÷के गर्नु हुँदैन भनेर आचारसंहिता तयार पारिए पनि राजनीतिक नेतृत्वले बेवास्ता गर्दै आएको बताए। भट्टराईले आफू परराष्ट «सचिव हुँदा राजनीतिक नेतृत्वललाई आचारसंहित लाग्र गराउन निकै प्रयास गरे पनि सफल हुन नसकेको बताए। ‘मेरै कार्यकालमा आचारसंहिता बनाएर लागु गर्न पनि खोजिएको हो, कर्मचारी तहमा केही हदसम्म लागु भए पनि राजनीतिक नेतृत्वले यसलाई बेवास्ता गर्दै आएको छ,’ उनले भने।

भट्टराई यस्ता विषयमा राजनीतिक दलका नेता सचेत हुनुपर्ने बताउँछन्। उनी राजनीतिक नेतृत्वले परराष्ट्र मन्त्रालयले बनाएको आचारसंहिता पनि पालना नगर्ने र आफ्नो हैसियत पनि बिर्संदा समस्या भएको बताउँछन्।

यसैबीच सोमबार भारतीय दूतावासले आयोजना गरेको चियापान कार्यक्रममा ठूलो संख्यामा महिला सांसदको उपस्थितिलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। सत्तारुढ तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक रुपमा खिचिएको तस्बिर भारतीय राजदूत मञ्जिवसिंह पुरीले सामाजिक सञ्जालमा राखेपछि सांसद कूटनीतिका आचारसंहिता बिर्सेर दूताबास धाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad