चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

मङ्गलबार, ०७ साउन २०७६, २२ : ०२ एजेन्सी

बेइजिङ– चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो। 

उनको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ।

उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा चीनको विकासका लागि योगदान गरेका विज्ञप्तिमा जनाइएको छ। 

लीले चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौँ केन्द्रिय राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव, तेहौँ, चौधौँ र पन्ध्रौँ केन्द्रीय राजनीतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषद्का पूर्व प्रधानमन्त्री, नवौँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष बनी गरेको योगदानको चिनियाँहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रशंसा गरेका छन्।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad