coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तपाइँलाई तनाव भयो ? यसो गर्नुस्

टोकियोः घरपालुवा जनावरसँग समय बिताउदा मात्र मुड राम्रो हुदैन्। यसबाट चिन्ता लिने मात्रामा पनि कमी आउने एउटा अध्ययनले दावी गरेको छ। सामान्यतया विद्यार्थीहरु परिक्षाका बेलामा धेरै तनावमा रहने गर्छन्। यसै विषयलाई आधार मानेर वासिङटन स्टेट यूनिवर्सिटीका शोधकर्ताहरुले सो अध्ययन गरेका थिए। 

यहाँका धेरै विश्वविद्यालयर्ले पेट योर स्टे«स अवे’ कार्यक्रम नै शुरु गरेका छन्। जहाँ आएर विद्यार्थीहरु कुकुर र बिरालोसँग खेल्न सक्छन्। वासिङटन स्टेट यूनिभर्सिटीका एसोसिएट प्रोफेसर पेट्रिसीया पेँड्रीले अध्ययनमा पाए कि यी पाल्तु जनावरसँग १० मिनेट बस्दा पनि स्वास्थ्यमा धेरै सुधार हुन सक्छ। अध्ययनमा जो विद्यार्थीले कुकुर र विरालोसँग आफ्नो समय बेतित गरे उनीहरुमा कार्टिसल हर्मोनको मात्रामा कमी आएको पाइएको थियो। मानिसमा तनाव उत्पन्न गराउनका लागि प्रमूख भूमिका यहीँ हर्मोनको हुन्छ।

उक्त अध्ययनमा २ सय ४९ जना कलेजका छात्राहरुलाई सहभागीता गराइएको थियो। उनीहरुलाई चारवटा समूहमा विभाजन गरियो। अध्ययनकर्ताहरुले पहिलो समूहका विद्यार्थीलाई १० मिनेट समय कुकुर र विरालोसँग बिताउन दिइयो। अर्को तर्फ दोस्रो समूहलाई पाल्तु जनावरसंग खेलेको हेर्न लगाइयो।

यस्तै, तेस्रो समूहलाई तीनै जनावरको फोटोहरु देखाइयो। र चौथो समूहलाई मात्र पर्खन भनियो। केही समय पछि, सबै विद्यार्थीको र्यालको परिक्षण गरियो। सो परिक्षणबाट थाहाँ भयो कि, जुन विद्यार्थीले ती जनावरसँग समय बिताएका थिए उनीहरुमा कार्टिसोलको मात्रा एकदमै कम थियो। पेँड्रीका अनुसार यसरी समय बिताउदा चिन्ता उत्पन्न गराउने हर्मोनमा कमी आउने र स्वास्थ्यमा पनि एकदमै फाइदा गर्ने अध्ययनले देखाएको थियो। (एजेन्सीको सहयोगमा)

प्रकाशित: ७ श्रावण २०७६ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App