coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पाेखरा– नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

८ औँ संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गतेसम्म हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक बुद्धिबहादुर कार्कीले जानकारी दिए। राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबलसमेत हुनेछ। विजेता टोलीले एक लाख १५५ रुपैयाँ, दोस्रो हुने टोलीले ६५ हजार पाँच रुपैयाँ तथा तेस्रो हुने टोलीले २५ हजार पाँच रुपैयाँ पुरस्कार पाउने छन्। विद्यालयस्तरीय प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुने टीमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित: ७ श्रावण २०७६ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App