६ वैशाख २०८१ बिहीबार
राजनीति

स्थानीय तहकाे सीमाकंन गर्न प्राविधिक समिति असफल

 जनक केसी

जाजरकोट– स्थानीय तह पुर्नसरचना आयोगले दिएको  समय भित्र  जिल्लामा स्थानीय तहको सीमांकनको निर्णय गर्न  स्थानीय प्राविधिक समिति असफल भएको छ।  स्थानीय तहको संख्या, सीमांकन र  नामाकरणकालागि  आयोगले दिएको  शनिबारसम्मको  अन्तिम मितिसम्म  प्रमुख  दलहरुबीच सहमति नभएपछि प्राविधिक समितिले  जाजरकोटमा पुर्नसरचनाको अन्तिम निर्णय गर्न  नसकेको हो।

जिल्लामा  ३ नगरपालिका र ४ गाउँँपालिका सहित ७ वटा स्थानीय तह बनाउने बारेमा  सर्वसम्मति भएपनि  सीमांकनमा  एमाले, काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवादका कारण  दुई दिनसम्म बसेको  सर्वपक्षीय वैठक निस्कर्ष विहीन भएको  हो।  बिहीबार र शुक्रबारको बैठकमा दलहरुबीच सहमति नहुँदा सीमांकनका लागि आयोगले दिएको  समयमा निर्णय  हुन नसकेको हो।

नेकपा एमालेको राम्रो पकड रहेको  साल्मा गाविसलाइ टुक्रयाउने की  नगरपालिकामा गाभ्ने या  गाउँपालिकामा राख्ने भन्ने बारेमा तीन दलबीच विवाद हुँदा निर्णय हुन नसकेको  बैठकमा सहभागी नागरिक समाजका अगुवा केशवजंग शाहले बताए। जनताको स्वार्थ भन्दा दलीय स्वार्थ बढी हावी भएका कारण  समस्या परेको उनले बताए।

अन्य सबै मा विषय मिलेपनि साल्मा गाविसको विषयलाई लिएर  तीन दलबीच विवाद भएको  हो। एमालेका नेताले साल्मालाइ  गाउँपालिकामा राख्ने  या दुई वडा छुटटयाएर सीमांकन गर्नु पर्ने बताएका छन् भने काँग्रेस र माओवादीका नेताहरुले साल्मालाइ ६ वटा गाविस जोडेर बन्ने  छेडागार नगरपालिकामा राख्नु पर्ने  अडानमा छन्।  

उता प्राविधिक समितिका संयोजक  एवम स्थानीय विकास अधिकारी इन्द्र गौतम  सोमबार बस्ने  बैठकले  सबै टुंगो लगाउने बताउँछन्।  सीमांकनको विषयलाई सबै पक्षको सहमतिमा निर्णय गराउन केही समय लाग्ने भएकोले  २२ गते  जिल्लाको  स्थानीय तहको संख्याा,  सीमांकन र नामाकरण तथा वडाहरुको विभाजनको निर्णय  गरेर  अन्तिम निर्णय गरिने  उनले बताए।

एमालेका नेताहरुले  काँग्रेस र माओवादीका  कारण सहमति हुन नसकेको बताएका छन भने   काँग्रेस माओवादीका नेताहरुले एमालेको  हठका कारण समस्या परेको  बताएका छन् ।

 

प्रकाशित: २० कार्तिक २०७३ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App