७ वैशाख २०८१ शुक्रबार
समाज

लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम– लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन्।

दुबै जनालाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडा जाने सडकखण्डमा रहेको पिपल चौतारास्थित ज९प ६३९८ नम्बर मोटर साइकलमा लागुपदार्थ लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनाबाट पाँच किलोग्राम लागुपदार्थ गाँजा बरामद गरिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App