coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

फाइल तस्बिर ।

धनगढी- बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।
नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।
अभियानको समर्थन गर्दै शुक्रवार यहां आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ताक्षर गरे।
बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताए।
हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।  दिल्लीवाट धनगढी,डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवर सम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको भनाई छ । रासस

प्रकाशित: २० कार्तिक २०७३ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App