१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

यस्तो छ दाँत र मानव स्वास्थ्यको सम्वन्ध

निल पाण्डे, दन्तरोग विशेषज्ञ

दाँत सम्वन्धी वा मुखबारे केही कुराहरु छन् जुन आम मानिसले धेरै ख्याल गरेका हुँदैनन्। हामी तिनै विषयबारे चर्चा गर्ने छौं। सर्वप्रथम त मुख भनेको हाम्रो शरीरको मुल ढोका हो। मुल ढोका सफारहे सम्पूर्ण शरीर नै सफा रहन्छ, जसरी मुलढोक सफारहँदा घरनै सफा रहन्छ। यो पनि उस्तै हो।

स्वास्थ्यको कुरा उठ्दा मुखलाई अलि हेला गरेको पाइन्छ। किनभने यो अगाडि देखिन्छ, यसलाई सफा गर्न पनि सकिन्छ, तर सफा गर्न अल्छी गर्ने धेरै भेटिने गर्छन्। ‘ए दाँत त हो नी, ३२ वटा छँदै छ, एउटा गए के भयो र?’ भन्ने मानसिकता गलत हो। याद गर्नुहोस मुख र स्वास्थ्यको अन्तरनिहित सम्वन्ध रहेको विभिन्न अनुसन्धानहरुले पुष्टी गरेका छन्।

पहिलो कुरा त मुख र मुटुको सम्वन्ध छ। मुखमा यदि गिँजाको समस्या छ भने त्यसले रक्तनलीहरुमा रोकावटहरु आउनसक्ने र त्यसले मुटुमा समस्या निम्ताउन सक्ने अनुसन्धानले देखाइसकेको छ।

त्यस्तै, फोक्सो र मुख पनि अन्तरसम्वन्धित छन्। जस्तै ५० प्रतिशत मानिस जब सुत्छन् कुनै न कुनै रुपमा मुखमा रहेको चिजहरु फोक्सोमा जाने गर्छ।  त्यसले गर्दा अलिकति रोग प्रतिरोधात्मक क्षमता कम भएका अथवा रोगसँग लडनसक्ने क्षमता कम भएका मान्छेहरुमा त्यसले अझ दुःख दिन सक्छ।

धेरै अध्ययनबाट एउटा के देखिएको छ भने भेन्टिलेटरमा राखेका विरामी जसलाई मुखको कसैले हेरचाह गर्दैन भने त्यसको प्रभाव पनि स्वास्थ्यमा पर्ने गर्छ। धेरै वर्ष अगाडिबाट के कुरा थाह भएर आएको छ भने गिँजाको रोग भएको गर्भवती आमामा वच्चा चाँडै नै जन्मने जसले गर्दा वच्चा सानो जन्मनेजस्ता समस्याहरु पनि देखा परेका छन्। अतः स्वस्थ्य गिँजा अत्यन्तै आवश्यक छ।

पछिलो समय अल्जाइमर्स र गिँजाको अन्तरसम्वध देखिएको छ। यस्तै मधुमेहमा के देखिएको छ भने मधुमेहलाई यदि नियन्त्रण गर्न सकिएको खण्डमा गिँजाको रोग पनि कम हुन्छ। गिँजाको रोग नियन्त्रण गर्न सकिएको खण्डमा मधुमेह पनि नियन्त्रणमा आउँछ।

त्यसैले दाँत र मुखको स्वास्थ्यलाई अवमुल्यन नगरौंं। यो सम्पूर्ण शरीरको मुल ढोका हो। यसलाई हामीले सफा राख्न सक्याैं भने हामी धेरै अरुरोगबाट पनि बच्न सक्छौं। त्यसैले आजैदेखि राति सुत्नु भन्दा अघि ब्रस गर्ने र खान खाएपछि कुल्ला गर्ने समय समयमा दन्त चिकित्सकबाट परामर्श लिने गर्न आवश्यक छ। त्यस्तै के खाइरहेको छौं त्यसलाई विचार पु¥याउन सके स्वास्थ्यमा धेरै राम्रो हुन्छ।

प्रकाशित: ७ श्रावण २०७६ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App