६ वैशाख २०८१ बिहीबार
कला

जगमान र सन्दुकलाई राष्ट्रिय गौरव सम्मान

काठमाडौं  – नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत राष्ट्रिय गौरव सम्मानबाट सम्मानित भएका छन्। जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा एम्बिसन एकेडेमीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा दुई व्यत्तित्वहरूले नेपाली समाजमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय गौरव सम्मानबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा बोल्दै प्राज्ञ देवी नेपालले उपकुलपति डा. गुरुङले नेपाली संस्कृति, संस्कार, नेपालीपनको खोजी र नैतिकमूल्यको स्थापनाकालागि राष्ट्रलाई दिएको योगदान र डा. रुइतले रुइतेक्टोमी प्रविधिका माध्यमबाट विश्वलाई प्रदान गरेको ज्योतिका कारण दुवै जना नेपाल राष्ट्रका गौरव भएको चर्चा गरेका थिए।

‘अहिले नयाँ पुस्तामा पठन संस्कृति अत्यन्त न्यून देखिन थालेको र प्रविधिका नाममा ज्ञानको गहिराई कम हुँदै गएको अवस्था छ,’ सम्मानित स्रष्टा उपकुलपति डा. गुरुङले भने। कार्यक्रममा लोक गायक तुलसी पराजुली र हाँस्य कलाकार राजाराजेन्द्र पोखरेल प्रस्तुति दिएका थिए।

प्रकाशित: ७ श्रावण २०७६ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App