८ वैशाख २०८१ शनिबार
कला

कोइना ‘चेक बाउन्स’ मुद्दामा दोषी ठहर

मुम्बई – बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरिएकी छिन्। मुम्बईस्थित महानगरीय मजिस्ट्रेट अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको थियो।

अदालतले उनीविरुद्धको चेक बाउन्स मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री मित्रले आफूविरुद्ध लागेको आरोप अस्वीकार भएको बताएकी छिन्।

मोडल पुनम सेथीले अभिनेत्री मित्र विरुद्ध २२ लाख रुपैयाँ भारूको चेक बाउन्स गरेको भन्दै उजुरी दिएकी थिइन्। अभिनेत्री मित्रले २२ लाख रुपैयाँ भारू ऋणको रूपमा मोडल सेथीसँग लिएको स्वीकारेकी छिन्।

उनले ऋण तिर्न ३ लाख रुपैयाँ भारूको चेक मोडल सेथीलाई दिएकी समेत बताइन्। अभिनेत्री मित्रले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले ४.६ लाख रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन्। बैंकले सूचना दिँदासम्म अभिनेत्री मित्रले रकम तिर्न नसकेपछि मोडल सेथीले सन् २०१३ को अक्टोबरमा उजुरी हालेकी थिइन्।
अदालतको सुनुवाईमा अभिनेत्री मित्रले आफ्नो चेक चोरी भएकाले ठूलो रकम तिर्न प्रयाप्त स्रोत नभएको बताएपनि अदालतले उनको भनाईलाई अस्वीकार गरेको थियो।

 

प्रकाशित: ७ श्रावण २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App