६ वैशाख २०८१ बिहीबार
कला

बजारमा ‘ऐजिङ विथ भर्च्युस’

काठमाडौं – चर्म तथा यौनरोग विशेषज्ञ डा.बिमला ओझाद्वारा लिखित ‘ऐजिङ विथ भच्र्युज्स्’ नामक पुस्तक बजारमा आएको छ। तीन दशकदेखि चर्म तथा यौन रोगसम्बन्धी अनुसन्धान गरिरहेकी डा. ओझा नेपाल सरकारअन्तर्गतको स्वास्थ सेवा विभागको निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्।

पुस्तकमा बढ्दो उमेरलाई विभिन्न सद्गुणहरुको मदत र अभ्यासहरूले सन्तुलनमा राखेर शान्त जीवन बाँच्न प्रेरित गर्ने विषयहरूलाई समावेश गरिएको छ। जीवनमा विभिन्न आयाममाथि केन्द्रित रहेर पुस्तक तयार भएको छ।

‘बढ्दो उमेरलाई विभिन्न सद्गुणहरुको मदत र अभ्यासहरूले सन्तुलनमा राखेर शान्त जीवन बाँच्नलाई पुस्तकले प्रेरित गरेको छ। सद्गुण र अभ्यासहरूलाई जीवनसँग तुलना गरेर व्याख्या गर्ने प्रयास गरेको छु,’ लेखक डा. ओझाले भनिन्,‘ बयस्क र कम उमेरका मानिसहरुको लागि कसरी जीवन सन्तुलनमा राखेर सुखी हुन सकिन्छ भन्ने विषयमा पुस्तक आधारित छ।’

 

प्रकाशित: ७ श्रावण २०७६ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App