coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुल्मी पहिरो अपडेट : मृतककाे संख्या ८ पुग्याे

गुल्मी-सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ८ जनाको मृत्यु भएको छ। यस्तै ३ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।

राति घरमा सुतीरहेको अवस्था माथिबाट पहिरोले तीन घरहरु बगाएर करि ५० मिटर तल पर्‍याएको छ। पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। राति घरमा भल पस्दा गाउँपालिका ३ ठूलो लुम्पेकका तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।

उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन। अबिरल बर्षा भईरहेका र ठाउँ ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन्। बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ। यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।

 

प्रकाशित: ७ श्रावण २०७६ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App