७ वैशाख २०८१ शुक्रबार
अर्थ

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने

मकवानपुर – प्रदेश ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदानस्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन कार्यविधि, एक नियमावली, एक निर्देशिका स्वीकृत गर्ने पनि निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यविधि २०७६, द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यविधि २०७६ र एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए। त्यस्तै, प्रदेश सार्वजनिक खरिद नियमावली २०७६, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी निर्देशिका २०७६ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए।

साथै प्रदेश मन्त्रिपरिषदको बैठकले ११औं तहका स्वास्थ्य सेवाका कर्मचारी पदस्थापन गर्ने, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले दिएको राजिनामा स्वीकृत गर्ने, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी गरी काम गर्ने निर्णय पनि गरेको मन्त्री ढुंगेलले जानकारी दिए।

यसैगरी, सार्वजनिक निर्माण कार्यान्वयन एकाइको समयावधि थप, एकाइको कार्यक्षेत्र थपघट तथा संगठनको संशोधित दरबन्दी तेरिज स्वीकृति एवं कार्यालयको स्थान सार्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पत्नी कान्छीमाया लामाको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको बताइएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App