६ वैशाख २०८१ बिहीबार
अर्थ

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पुस्तक लाेकार्पण गर्दै पूर्वराष्ट्रपति रामवरण यादव। तस्बिर/नागरिक

काठमाडौं – पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

सांग्रिला पुस्तक प्रकाशक रहेको उक्त पुस्तक लेखक सार्वजनिक सेवाको पदमा रहेको अवस्थाको अनुभवको आधारमा तयार पारिएको कार्यक्रममा जानकारी गराइएको छ।

निजामती सेवामा रहँदा अधिकांश समय वित्त र व्यवस्थापन, उदार तथा खुला उदार नीति कार्यान्वयन र निजी क्षेत्रको विकाससम्बन्धी नीति निर्माण र कार्यान्वयनको जिम्मेवारी निर्वाह गर्दाको अनुभवलाई पुस्तकमा उतारेको लेखक आचार्यको भनाइ छ।

विश्व अर्थराजनीतिको विकासक्रम, आर्थिक व्यवहारसँग नैतिकताको सम्बन्ध, अस्थिर राजनीतिले आर्थिक समृद्धि, आर्थिक स्थायित्व एवं विकास गर्न प्रभाव र आर्थिक वृद्वि आय असमानता एवं मध्यम वर्गको विस्तारले अर्थराजनीतिमा पु-याएकोे असरको समिक्षा पुस्तकमा गरिएको जनाइएको छ।

आठवटा खण्ड रहेको उक्त पुस्तकले अर्थराजनीतिको सैद्धान्तिक नीति र नेपालको परिवेश, आर्थिक उदारिकरण र उद्योग तथा व्यापार क्षेत्र, सार्वजनिक वित्त व्यवस्थापन र अर्थ प्रशासन, वैदेशिक सहयोगको अर्थराजनीति, सार्वजनिक वित्तीय जवाफदेहिता, महालेखा परीक्षक, नेपालको कर्मचारीतन्त्र र अबको गन्तव्यसहितका विषयमा उजागर गरेको छ।

विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले पुस्तक जानकारीमूलक रहेकोे बताउँदै ज्ञानवद्र्धक तथा पढ्न सरल रहेकाले व्यापारी, सरकारी सेवाका कर्मचारी तथा वित्तीय क्षेत्रका आम नागरिकलाई पुस्तकका माध्यमबाट जानकारी लिन सक्ने बताए। विशेषतः ०४६/४७ पछिका वर्षहरुमा मुलुकले अपनाएको उदार आर्थिक नीति, उद्योग तथा व्यापार क्षेत्रमा गरिएका नीतिगत र व्यवहािरक सुधार, सार्वजनिक वित्त र वैदेशिक सहयोगमा देखा परेका चुनौतीलाई समाधान गर्न पुस्तकले मार्ग निर्देशन गर्ने उनको भनाइ छ।

प्रकाशित: ७ श्रावण २०७६ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App