coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

महन्तको विरोध किन ?

गौरीबहादुर कार्की
मठमा पूजाआजा, ध्यान, तपस्या र आध्यात्मिक सन्देश दिने महन्तहरूको विरोध हुँदै आएको देखिन्छ। त्यसमा पनि ठूला मठका मठाधीशहरूकै बढी विरोध भएको पाइन्छ। अझ जनकपुर आसपासका महन्तहरूका सम्बन्धमा धेरै नकारात्मक कुरा बाहिरिएका छन्।धार्मिक क्रियाकलाप गर्ने संस्था मठ हो। जोगी संन्यासीका आश्रमको सर्वोच्च अधिपति, साधुसमाजका आश्रमको प्रमुख व्यक्तिनै महन्त र अर्को शब्दमा मठाधीश हुन् भनी नेपाली शब्दसागर, नेपाली बृहत् नेपाली शब्दकोश, प्रयोगात्मक नेपाली शब्दकोशलगायतले परिभाषा गरेको पाइन्छ।  

मानमहन्तको परिभाषा पाइँदैन। मानमहन्तलाई धार्मिक सम्प्रदाय मठहरूको पनि प्रमुख महन्तका रूपमा लिइन्छ। गुठी संस्थानले जानकी मठका महन्त रामतपेश्वरदास वैष्णवलाई १७ माघ २०७० मा पदमुक्त गरेको थियो। गुठीको जग्गा अतिक्रमण र जानकी मन्दिरको आम्दानीमा अनियमितता गरेकाले रामतपेश्वरलाई पदमुक्त गर्नुपरेको गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष पञ्चलाल महर्जनले त्यतिबेला बताएका थिए। जगदीशदास वैष्णवलाई ‘एकवर्षे परीक्षण काल’ रहने गरी पाँच वर्षका लागि महन्त पदमा नियुक्त गरिएको थियो। तर पछि रामतपेश्वरनै बहाली भए। अहिले उत्तराधिकारी महन्त भनेर रामरोशनदास वैष्णवपनि जानकी मठमा हर्ताकर्ता देखिन्छन्।

त्यतिबेला गुठी संस्थानले जगदीशलाई महन्तमा नियुक्त गर्दा मानमहन्त भनिने मटिहानी मन्दिरका महन्त जगन्नाथ दासको नक्कली हस्ताक्षर प्रयोग गरेको मुद्दा चलेको थियो। मानमहन्त जगन्नाथ पनि आफूले जगदीशका लागि सिफारिश नगरेको बताएका थिए। जानकी मन्दिरमात्र होइन कि कुनै पनि मठका महन्तका लागि मानमहन्तको सिफारिश अनिवार्य चाहिने परम्परा छ। कुनै पनि मठमा महन्तका शिष्यमात्र महन्तमा नियुक्त हुन सक्ने परम्परा पाइन्छ।

अहिलेसम्म गुठी संस्थान, मालपोत÷नापी कार्यालय, स्थानीय प्रशासन, अदालत सबैले ‘भागशान्ति जय नेपाल’ गरेरै यत्रो अपराध हुन गयो। गुठी संस्थान गुठीका जग्गा संरक्षण होइन, नाश गर्नेतिर लागेको भन्ने योमात्र उदाहरण होइन।

कुनै पनि मठका मठाधीश अर्थात् महन्तको देहावसानपछि उनका ज्येष्ठ चेलामात्र महन्त हुन योग्य मानिन्छ। चेलाबाहेक अरुलाई नियुक्त गर्न पाइँदैन। आसपासका सबै मठका महन्तहरूको भेला बोलाइ समारोहबीच ज्येष्ठ चेलालाई पनि महन्तको पगरी लगाइदिने र महन्त पदवी दिने चलन छ। भेलामा मानमहन्तले पगरी लगाइदिने र नियुक्ति गर्छन्। परम्परादेखि नै जगन्नाथ मन्दिर मटिहानी मठका महन्तलाई मानमहन्तको उपाधि दिइएको पाइन्छ। अहिलेका विवादित जगन्नथदास वैष्णवनै मानमहन्त हुन्। मानमहन्तलाई ठूलो र महŒवपूर्ण जिम्मेवारी सन्तसमाजले दिएको देखिन्छ।   

जनकपुरको बिरखकुटीको राधाकृष्ण मठका महन्त वैकुण्ठदासमाथि मूर्ति बेचेको, कर्तव्य ज्यान, नक्कली नागरिकता, किर्ते हस्ताक्षरलगायतका मुद्दा अदालत, अख्तियार, प्रशासन कार्यालयमा चलेका थिए। २०६७ कात्तिक ११ मा महोत्तरीका निमित्त शिक्षा अधिकारी लालकिशोर झाको हत्याको प्रमुख योजनाकार मानेर उच्च अदालत जनकपुरले १२ वर्ष कैद सजाय ठहरायो। झा लक्ष्मीनारायण मठका महन्त जगन्नाथदास वैष्णवका भतिजा थिए र मठको जग्गा बिक्री गर्ने जिम्मेवारी उनकै रहेको मानिन्छ। आपराधिक क्रियाकलापमा जनकपुरका साधु मुछिएका खबरहरू आइरहेका छन्। हत्या, जग्गा किर्ते र यौन दुव्र्यवहारको घटनामा यहाँका साधुहरू सजाय काटिरहेका छन् ।  बाह्रबिघाभन्दा दक्षिणमा रहेको तुलसी स्मारकका पुजारी शिवशंकर दासमाथि बालिकासँग यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
मन्दिरको सम्पत्ति विवादकै कारण अहिलेकै मटिहानीस्थित लक्ष्मीनारायण मठका तत्कालीन मानमहन्थ देवादासको सीमावर्ती भारतीय गाउँमा हत्या गरिएको थियो भने २०२९।३० सालमा जनकपुर पेठियागाछीस्थित गिरनारी कुटीका महन्थ रवि गिरी र उनका चेला वीर गिरीलाई एकै राति हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो । २०३८ सालमा जानकी मन्दिरको उत्तरी ढोकामा रहेको इनारमा स्थानीय जोगी साहको शव फेला परेको थियो । बिहारकुण्डका महन्त रामपुकार शरणलाई गोली हानी हत्या गरिनुको कारण पनि सम्पत्ति विवाद नै थियो ।

जनकपुर र आसपासमा गुठीको जग्गामा महन्तहरूकै रजाइँ चलेको पाइन्छ। गुठी संस्थान ऐन २०३३ को दफा ३५ बमोजिम गुठी संस्थान अधीनस्थ मठ मन्दिरको जग्गा संस्थानको स्वीकृतिबेगर कसैले घर बनाउनसमेत पाउँदैन । तर महन्थहरू पुरानो मितिमा मनखप (वार्षिक धानबाली लिने सम्झौता) को कागज बनाई अवैधरूपमा बिक्री–वितरण गर्दै आएका छन् ।

लक्ष्मीनारायण मठ, मटिहानीका मानमहन्त जगन्नाथदास वैष्णवले स्वआर्जनको नाममा सयौँ कित्ता जग्गा बिक्री गरेका छन् । धनुषामा करिब पाँच बिघा र रूपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ। चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रूपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्ने अनुमान छ।

एकजना गलत व्यक्ति मटिहानीमठको मानमहन्त भएकै कारणले आज मठको यत्रो जग्गा हिनामिना भएको छ। जन्मदिने बाबुको नामबाट नागरिकता लिएका छन्/छैनन् ? यिनको नागरिकता कतिवटा छ ? ३ पटक प्रतिलिपि लिँदा मूलमा के थियो ? आदिको छानबिन हुनुपर्ने हो।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानकै मिलेमतोमा महन्तले सरकारी जमिनमा रजाइँ गरेका हुन् भनिन्छ।२०५४ सालमा गुठी संस्थानको महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आए। यी महन्तलाई मटिहानी मठअन्तर्गतका रूपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी छ।

जग्गाधनी पुर्जामा जगन्नाथका बाबुको नाम कौशल किशोर लेखिएको छ। कौशल किशोर जगन्नाथका बाबु नभई गुरु हुन्। जगन्नाथका बाबुको नाम देवनारायण झा हो। लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथदास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेको खबर सार्वजनिक भएको छ। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, नेकपा नेता रामचन्द्र झासमेतको सहारा लिएर भूमिमन्त्री अर्याल र नेकपाका अध्यक्ष दाहालमार्फत गुठी संस्थानमा जगन्नाथ दासले दबाब दिने प्रयास गरेको समाचार प्रवाह भएको छ। यी मानमहन्त जगन्नाथदास वैष्णवलाई मठमन्दिरको जग्गा बिक्री गरेको आरोपमा गुठी संस्थानले निलम्बन गरे पनि त्यसको जानकारी जिल्लामा पुगेको छैन जबकि जनकपुर र महोत्तरीमा संस्थानको कार्यालय छन्।

मटिहानी मठका मानमहन्त जगन्नाथदास वैष्णवले साँढे ३ अर्ब मूल्यका मठका जग्गा बेचेकामा सम्बन्धित नियामक निकायहरू बेखबर रहेका देखियो। मटिहानी मठका महन्त कौशलकिशोर दासको देहावसानपछि ज्येष्ठ चेलाको नाताबाट २०५४ सालमा यी महन्त बनेका देखिन आयो। मठ र मठाधीशको चलअचल सबै सम्पत्ति मठकै हुन्छ। व्यक्तिगत हुँदैन। गुरु कौशलकिशोरको यिनी छोरा होइनन्, चेला हुन्। जग्गा निजी पार्ने र बिक्री गर्ने उद्देश्यलेनै बाबुको नाम श्रीमान् महंथ कौशलकिशोरदास वैष्णव जनाएर मिति २०५४।४।८ मा नागरिकताको प्रमाणपत्र लिएको देखिन आयो। नागरिकताको शीरमा तेस्रो पटक प्रतिलिपि भनी २०६१।२।१९ जनिएको देखिन्छ।
मटिहानी मठका मानमहन्त कौशलकिशोर दासले यी जगन्नाथ दासलाई उत्तराधिकारी चेला नियुक्त गरेका थिए। तर यी जगन्नाथ दासले मठको सम्पत्ति हिनामिना गर्न थालेका र आचरण मठअनुकूलको नभएकाले यिनलाई उत्तराधिकारीबाट हटाए। सो हटाएको सूचना गुठी संस्थान, नियमामक निकायलगायत स्थानीय प्रशासनलाई दिएका थिए। राजदरबारमा समेत दिएका थिए। उत्तराधिकारीमा अर्कै चेलालाई नियुक्त गरेर गुठी संस्थानलगायत स्थानीय प्रशासनलाई जानकारी दिएका थिए। तर मानमहन्तको कुरा कसैले सुनेन। गुठी संस्थानले पनि सुनेन। नियुक्त गरिएका उत्तराधिकारी चेला कमजोर थिए। यी जगन्नाथ दासले गुण्डागर्दी गरेर कुटपिट गरेर उत्तराधिकारी नियुक्त भएका चेलालाई मठबाट नै भगाए। मठ कब्जा गरेर बसे। मानमहन्तको स्वर्गबासपछि मानमहन्तमा सन्तसमाज, राजनीतिक नेतालगायत स्थानीयको भेलाले मानमहन्तले निष्काशन गरेका व्यक्तिलाई नै नियुक्त ग¥यो। जीवित अवस्थामा मानमहन्त कौशलकिशोर दास र उत्तराधिकारी नियुक्त चेलाको बिलौना कसैले सुनेन। लखेटिएका उत्तराधिकारी चेलाले मुद्दा दिएका थिए। जुन तत्कालीन पुनरावेदन अदालत जनकपुरमा मैले हेरेको थिएँ तर फैसला गर्न अङ्ग पुगेको थिएन।

यसरी यी विवादित मानमहन्त जगन्नाथ दास उत्तराधिकारी चेला कहिले भए ? कहिले गुरुले निष्काशन गरे ? अनि निष्काशनपछि उत्तराधिकारी चेलामा कहिले पुनर्बहाली भए भन्ने खोजतलास गर्नुपर्छ। मानमहन्त कहिले कुन विधिले भए भन्ने कुरातिर अहिले कसैलाई चासो भएको देखिन आएन। लखेटिएका चेलाले दिएको मुद्दाको मिसिलमा त्यतिबेला मैले देखेको हुँ। मैले थाहा पाएसम्म यिनी विधिवत्रूपमा उत्तराधिकारी चेला नै नभई मानमहन्तमा नियुक्त भएका थिए।

मटिहानी मठको जग्गा र सम्पत्तिका कारणले स्थानीय नेता, सांसदलगायत ठूलो समूह यिनको साथमा थियो। त्यही बलले यिनी मानमहन्त हुन सफल भए। एकजना गलत व्यक्ति मटिहानीमठको मानमहन्त भएकै कारणले आज मठको यत्रो जग्गा हिनामिना भएको छ। जन्मदिने बाबुको नामबाट नागरिकता लिएका छन्÷छैनन् ? यिनको नागरिकता कतिवटा छ ? ३ पटक प्रतिलिपि लिँदा मूलमा के थियो ? आदिको छानबिन हुनुपर्ने हो।

अहिलेसम्म गुठी संस्थान, मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय प्रशासन, अदालत सबैले ‘भागशान्ति जय नेपाल’ गरेरै यत्रो अपराध हुन गयो। गुठी संस्थान गुठीका जग्गा संरक्षण होइन, नाश गर्नेतिर लागेको भन्ने योमात्र उदाहरण होइन। फिर्ता लिइएको गुठी विधेयकमा पनि यस्ता अपराध, अपराधीलाई कानुनी कारबाही गर्ने र गुठीको जग्गा संरक्षण गर्नेतिर दृष्टि दिइएको थिएन। यिनले अवैधरूपमा गुरुको नामबाट आफ्नो नाममा ल्याएर बिक्री गरेका जग्गाको लिखत बदर गराउनेतिर गुठी संस्थान लागेको देखिन आउँदैन। यी विवादित जगन्नाथदासको सम्बन्धमा गुरुले निष्काशन गरेको र त्यसपछिका कारबाहीहरू गुठी संस्थान, अदालतलगायतमा सुरक्षित राखेर कारबाही अगाडि बढाउन ढिलो गर्नुहुँदैन। पूर्वअध्यक्ष, विशेष अदालत

 

प्रकाशित: ७ श्रावण २०७६ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App