उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस

मङ्गलबार, ०७ साउन २०७६, ०७ : ५५ सुनिल सापकोटा

काठमाडौं - सरकारले गठन गरेको छानबिन समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा जेठ ३० गते गठन गरिएको छानबिन समितिले प्रतिष्ठानकी उपकुलपति प्राडा भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित बर्खास्त गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष सिफारिस गरेको हो। उपकुलपति भण्डारी अनियमिततामा संलग्न रहेको निष्कर्षसहित मन्त्रीयादवसमक्ष प्रतिवेदन बुझाएको छानबिन समितिका एक सदस्यले नागरिकलाई जानकारी दिए।

छानबिन समितिका संयोजक बुर्लाकोटीले राप्तीको विषयमा तयार भएको प्रतिवेदन स्वास्थ्यमन्त्रीसमक्ष बुझाएको बताए। दुई सचिवको रोहबरमा मन्त्रीसमक्ष छानबिन प्रतिवेदन बुझाएको बताउँदै प्रतिवेदनमा भएका विषय अत्यन्तै संवेदनशील रहेकाले मिडियामा सार्वजनिक गर्न नमिल्ने जिकिर गरे। ‘सरकारले जुन विषयमा केन्द्रित रहेर छानबिन समिति गठन गरेको हो त्यो प्रतिवेदनले समेटेको छ।’

समितिका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले राज्यलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ र स्वास्थ्य मन्त्रालयको स्वीकृत नलिई आफूखूसी निर्णय गरेको पाइएको छ। ऐनसँग बाझिनेगरी नियम र निर्देशिका बनाएको तथ्यसमेत फेला परेको छानबिन समितिका ती सदस्यको भनाइ छ। भण्डारीले पदीय आचरणविपरीत काम गरेको पाइएको र प्रतिष्ठानको नेतृत्व गर्न असक्षम रहेकाले पदबाट हटाउनुपर्ने निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएको समितिका ती सदस्यले बताए।

‘मन्त्रालयको सम्पत्ति र स्वीकृति नलिई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारी तथा कर्मचारीको सेवा सुविधामा आफूखुसी गरेको राज्यको स्रोतसाधन दुरुपयोग गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जउलाखेलमा महँगो भाडा तिरेर सम्पर्क कार्यालय खोलेको तथा मंहगा सवारीसाधन खरिद गरेर दुरुपयोग गरेको पाइयो,’ छानबिन समितिका एक सदस्यले भने। छानबिन समितिले सामान खरिदमा भुक्तानी गर्दाको प्रक्रिया पूरा नगरेको र क्वालिटी परीक्षण नै नगरी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख गरेको छ। त्यस्तै प्रतिष्ठानले स्टाफ नर्सको परीक्षामा अनियमितता गरेको निष्कर्ष निकालेको छ।

सहसचिव बुर्लाकोटीको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिमा स्वास्थ्य मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपाल, स्वास्थ्य मन्त्रालयकै लेखा अधिकृत ढुंण्डिराज पौडेल सदस्य छन्। त्यस्तै अर्का सदस्यमा स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटा रहेको छन् भने समितिको सदस्य सचिव मन्त्रालयका उपसचिव बाबुराम खनाल तोकिएको थियो। मन्त्रालयले करीव आठ महिनाअघि पनि सहसचिव बुर्लाकोटीकै नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर, यो प्रतिवेदनलाई मन्त्रालयले सार्वजानिक नगर्दै बुर्लाकोटीकै संयोजकत्वमा अर्काे समिति गठन गरेको हो।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad