'सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने बेला आयो'

मङ्गलबार, ०७ साउन २०७६, ०७ : ०१ नागरिक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। बिपी कोइराला स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको लगातार तानाशाही बन्दै गएको दाबी गरे।

देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै दूरसञ्चार ऐनसम्म आइपुग्दा सरकार अलोकतान्त्रिक र तानाशाही बाटोमा अघि बढेको स्पस्ट भएको दाबी गरे। पार्टीको स्थापनादेखि नै कांग्रेस प्रजातन्त्र र उदारवादको पक्षमा उभिँदै आएको बताउँदै देउवाले लोकतन्त्रविरोधी कुनै पनि कार्यविरुद्ध पार्टीले सशक्त प्रतिवाद गर्ने देउवाले बताए। पार्टी नेता बिपी कोइरालाले प्रजातन्त्रविरुद्ध कसैसँग पनि सम्झौता नगरेको स्मरण गर्दै देउवाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टी जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने स्पष्ट पारे।

‘मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै दूरसञ्चार ऐनसम्म आइपुग्दा सरकार अलोकतान्त्रिक र तानाशाही बाटोमा अघि बढेको स्पस्ट भएको छ।’

लोकतन्त्र र संविधानविपरीत आएका सबै विधेयक र ऐन फिर्ता लिन सरकारलाई सचेत गराउँदै देउवाले थपे, ‘फिर्ता लिएनन् भने संसद् चल्न दिँदेनौं। सडकमा जान पनि बाध्य हुन्छौं।’ तत्कालीन एमाले र माओवादी केन्द्रले जस्तो सडकमा रेलिङ भाँच्ने र संसद्मा कुर्सी तोडफोड गर्ने काम भने कांग्रेसले नगर्ने स्पष्ट गर्दै उनले भने, ‘शान्तिपूर्ण ढंगबाट सरकारका गलत कामको विरोध गर्नेछौं।’

बिपी स्मृति दिवसकै अवसरमा युवा नेतृत्व विकास प्रतिष्ठानले सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेता रामशरण महतले राष्ट्रहितको मामलामा कांग्रेस कहिले पनि पछाडि नपरेको बताए। भारत र चीनले लिपुलेक सम्झौता गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटेरै यसबारेमा कुरा राखेको उनले सुनाए। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक सम्झौता गलत भएको र लिपुलेकमा नेपालको दाबी भएको बताएको महतले जानकारी गराए। आफू अन्तर्राष्ट्रिय दाता सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता दिन गएका बेला लिपुलेकबारे कुरा उठाएको उनले बताए।

बिपी कोइरलाले भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध स्थापित गर्नुका साथै आफ्नो अडान स्पष्ट राख्ने गरेको महतले सुनाए। कांग्रेस राष्ट्रवादी पार्टी भएको जनाउँदै उनले थपे, ‘पार्टीलाई अगाडि बढाउन बिपीको आदर्श र आचरणलाई अपनाउनुपर्छ।’

अर्को एक कार्यक्रममा केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतन्त्रलाई आदर्श मान्ने नागरिक, उदारवादी समाजवादीहरु, सबै नागरिकको समान व्यक्तिगत अधिकार हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिहरु कांग्रेसमा केन्द्रित भएर कार्यदिशा तयार गर्नुपर्नेमा जोड दिए। कांग्रेस र उसका भ्रातृ संगठनहरुले सोमबार देशभरि विभिन्न कार्यक्रम आयोजना गरी बिपी स्मृति दिवस मनाए। बिपीको २०३९ साउन ६ गते क्यान्सरका कारण निधन भएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad