coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

५२५ घटनाः १९५ जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडाैं- यस वर्ष विपदबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।  प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारी वर्षाबाट सात, सर्पदंशबाट छ, हवाई दुर्घटनाबाट तीन  र  अन्य घटनाबाट तीन जनाको मृत्यु भएको छ।

विपद्को घटनामा परेर ३५ बेपत्ता र ४८८ जना घाइते भएका छन्। बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट नौ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी एक एक छन्। घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीबाट १४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र  बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ।

सबैभन्दा बढी क्षति आगलागीबाट रु एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ। त्यस्तै बाढीबाट रु एक अर्ब पाँच करोड पाँच लाख चार हजार क्षति भएको छ। बाढीपछि हावाहुरीबाट रु छ  करोड ५५ लाख ३३ हजार, पहिराबाट रु  एक करोड ७८ लाख तीन हजार, भारी वर्षाबाट रु ८२ लाख २० हजार पाँच सय, चट्याङबाट रु २६ लाख दुई हजार र  जनावर आतङ्कबाट रु नौ लाख १९ हजार क्षति भएको जनाइएको छ।

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार  ९९० घरपरिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन्। यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिराबाट १५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र  सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन्। विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ।

यसैगरी एक हजार १७८ पशु चौपाया मरेको र ३८४ गोठमा क्षति पुगेको जनाएको छ। आगलागीबाट ५५८, चट्याङबाट ४१८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र  असिनाबाट छ चौपाया मरे। केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो। रासस

प्रकाशित: ६ श्रावण २०७६ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App