७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फेसएपले भेटायो १८ वर्षअघि हराएको बालक

बेइजिङ– रुसी फेसएप अहिले विश्वभरमा एकदमै चर्चामा छ। मान्छेहरू यो एपको प्रयोग गरेर आफ्नो वृद्ध अवस्थाको फोटो सामाजिक सञ्जालमा राखिरहेका छन्। तर, यही एपको सहायताबाट चीनमा बस्ने एउटा परिवारले आफ्नो १८ वर्ष अगाडि अपहरण भएका बच्चा फेला पारेका छन्। उनको नाम यू विफेंग हो। हाल २१ वर्षका भएका विफेंगले कलेज पढ्छन्। तीन वर्षका हुँदा विफेंगको अपहरण भएको थियो।

खास गरी प्रहरीलाई यो जुक्ति आयो कि हराएका बच्चाहरूको पुराना फोटो फेसएपबाट कन्भर्ट गर्ने। र, वर्तमान अवस्थामा बच्चा कस्तो देखिन्छन्, योसँगै प्रहरीले विफेंगको फोटो फेसएपमा कन्भर्ट गरेर उसलाई खोज्न सुरु गरेको थियो।

प्रहरीका अनुसार विफेंग २००१ मे ६ मा कन्स्ट्रक्सन साइटबाट हराएका थिए। त्यसबेला विफेंगका बुबाले सुपरभाइजरको काम गर्थे। जब छोरा भेटियो विफेंगका बुबाले आफ्नो छोरा पाल्ने दम्पतीलाई धन्यवाद दिएका छन्। 

सफ्टवेयरको सहयोगबाट करिब एक सयजना मान्छे छानियो। र, फोटोसँग मिलाएर विफेंगलाई भेटाउन सफल भएको प्रहरीले बतायो। प्रहरी अधिकारी झोङ झोन्हाई भन्छन्, ‘जब विफेंग भेटिए तब उनले आफ्नो अपहरण भएको कुरा मानेका थिएनन्। तर डिएनए परीक्षणबाट सबै छर्लङ्ग भयो।’

प्रकाशित: ६ श्रावण २०७६ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App