तिलगंगा आँखा अस्पताललाई ‘डब्लूएचओ’ को मान्यता

सोमबार, ०६ साउन २०७६, १५ : ३० नागरिक संवाददाता

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ। 

२५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो। आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु-याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पु-याएको बताए। उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको पनि बताए।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए। उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा ईकाई’ को व्यवस्था गर्ने घोषणा पनि गरे।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु-याएको योगदानको स्मरण गराए। हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad