८ वैशाख २०८१ शनिबार
कला

अरुण थापाको सम्झना

काठमाडौं – ‘गुन मात्र हे¥यो भने, राक्षस भगवान हुन्छन् । वैगुन मात्र केलाउँदा, भगवान राक्षस हुन्छन् । कृष्णको छल र दुर्योधनको प्रेम हेर । सबैले कृष्णालाई राक्षस, दुर्योधनलाई भगवान भन्छन्,’ गीतकार सुवासचन्द्र ढुंगेलले गायक अरुण थापााको सम्झना गरे । शनिबार भक्तपुरमा आयोजित ‘अरुण थापाको २० औँ स्मृति दिवसमा सहभागि स्रष्टा र कलाकारहरूले गायक अरुण थापाको सम्झना गरेका थिए ।

शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतिक समाज र विनाता कला प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कलाकारहरूले गायक थापाको गीतहरू गाएका थिए । कलाकारहरू एञ्जिला श्रेष्ठ, अनिता आचार्य, रविन्द्रलाल कर्माचार्य, गंगाराम रञ्जितकार, विनय कोजु, सानुमैया ताम्राकार, उत्सव नेपाल, रविन थापा र रोजी श्रेष्ठ लगायतले गायक थापाका गीतहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले गायक थापाको स्वर आवाजहरुको भिडमा अलग पहिचान बोकेको र भिन्न रहेकाले जीवन्त बन्न सकेको बताए । ‘गायक थापाको स्वरमा रहेको जादू र मिठासले संख्यामा थोरै भएपनि स्मरण र स्मृतिहरुमा अथाह बन्न सकेको छ,’उनले भने । अर्का गीतकार चेतन कार्कीले गायक थापाको स्वरको जादू उनको जीवनको अमरत्वको कारक रहेको बताए । कार्यक्रममा गीतकार भूषण खरेललाई अरुण थापा स्मृति सम्मान २०७६ तथा गायक आयुष केसीलाई सुशील चालिसे संगीत पुरस्कार प्रदान गरिएको थियो ।
 

प्रकाशित: ६ श्रावण २०७६ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App