coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रेगनलाई उपाधि

प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको ट्रफी र दुई लाख रुपैयाँ बराबरको चेकका साथ रेगन श्रेष्ठ। तस्बिरः नागरिक

काठमाडौं – रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरे ।

उपाधिसंगै रेगनले २ लाख तथा राजनले ७५ हजार नगद पुरस्कार पाए । सोम लामा र निर्माण बोगटी तेस्रो भए । दुवैले जनही ३० हजार नगद पुरस्कार पाए । नेपाली स्नुकरको इतिहासमा यो सर्वाधिक पुरस्कार राशिको प्रतियोगता भएको बताइएको छ । चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि बने ।

८१ ब्रेक गरेका राजनले ३० हजार नगद पुरस्कार हात पारे । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी चुनिए । उनले १० हजार नगद पुरस्कार जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष एवं पूर्व स्नुकर राष्ट्रिय च्याम्पियन सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

जोरपाटीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी  थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुदमा स्नुकरलाई समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित: ६ श्रावण २०७६ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App