coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इघालोद्वारा सन्यास घोषणा

अबुजा (एएफपी)– इजिप्टमा सम्पन्न अफ्रिकन कप अफ नेसन्समा गोल्डेन बुट जितेका नाइजेरियाका स्ट्राइकर ओडियोन इघालोले शनिबार अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

३० वर्षे सांघाई सिन्ह्वाका स्ट्राइकर इघालोले प्रतियोगितामा कुल ५ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए, जुन साडियो माने, रियाद महारेज र सेड्रिक बाकाम्बुभन्दा २ गोल बढी हो। नाइजेरियाले टयुनिसियालाई १–० ले हराउँदै प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको थियो।

‘मेरा लागि राष्ट्रिय टोलीबाट खेलेको ५ वर्ष स्वर्णिम यात्रा रह्यो, तर परिवारको सल्लाहमा अब मैले अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने निर्णय लिएको छु,’ इघालोले भने, ‘राष्ट्रिय टोलीबाट खेल्न पाउनु मेरा लागि गर्वको कुरा हो। यसबीचमा मैले आफूले सकेको योगदान दिने हरसम्भव प्रयास गरें। अब म क्लब फुटबलमा केन्द्रित हुन्छु। राष्ट्रिय टोलीमा युवा खेलाडीले अवसर पाऊन् भन्नका लागि पनि मैले संन्यासको निर्णय लिएको हुँ।’

गत वर्ष रूसमा सम्पन्न विश्वकपमा टोली बाहिरिएपछि आलोचित भएसँगै इघालो गत वर्ष नै राष्ट्रिय टोलीबाट अलग्गिने संघारमा पुगेका थिए। तर प्रशिक्षक ग्रेनोट रोहरले उनलाई संन्यासको निर्णय नलिन सुझाएपछि उनले राष्ट्रिय टोलीबाट निरन्तरता दिएका थिए।

इघालोले नाइजेरियाबाट ३५ खेलमा १६ गोल गरेका छन्। उनले २००९ मा इजिप्टमै भएको यु–२० विश्वकपमा नाइजेरियाली युवा टोलीको कप्तानीसमेत सम्हालेका थिए।

 

प्रकाशित: ६ श्रावण २०७६ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App