७ वैशाख २०८१ शुक्रबार
अर्थ

विरोधले ठेक्का रद्द

रौतहट – रौतहटको गढीमाई नगरपालिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राबेल झिक्न वर्षायाममा टेन्डर गरेकोमा स्थानीयको विरोधपछि ठेक्का रद्द गरिएको छ।

नगरपालिकाले बागमती नदीको विभिन्न नाकाबाट बालुवा, गिटी र ग्राबेल झिक्न नियमपूर्वक टेन्डर प्रक्रिया नगर्दा स्थानीयले नगरपालिका घेराउ गरेका थिए। बागमती नदीसँगै जोडिएको समनपुर गाउँका जनता नगरपालिकाले गर्न लागेको ठेक्काविरुद्ध आन्दोलनमा उत्रिएपछि नगरपालिका आफ्नो निर्णय सच्याउन बाध्य भएको हो।

गढीमाई नगरपालिकाले चालू आर्थिक वर्षका लागि प्रारम्भिक वातावरण परीक्षण आइई नै नगरी असार ६ गते बागमती नदीको मदनपुर, समनपुर, लक्ष्मीपुर र धरमपुरलगायतका घाटबाट खोलाजन्य वस्तुको उत्खनन गर्न बोलपत्र आह्वान गरेको थियो। गढीमाईले आह्वान गरेको बोलपत्रको ३०औं दिन ठेक्का प्रक्रिया अगाडि बढाउँदै विभिन्न निर्माण कम्पनीले टेन्डर दर्ता गर्न थालेपछि स्थानीय बासिन्दा

विरोधमा उत्रिएका थिए। स्थानीय तह घेराउ गरेर जनता विरोधमा उत्रिएपछि नगरपालिकाका मेयर श्यामप्रसाद यादवले आइतबार नै टेन्डर प्रक्रिया रद्द गरेका हुन्।

 

प्रकाशित: ६ श्रावण २०७६ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App