coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावको एक दिन पहिला अमेरिकामा आतंकवादी आक्रमण हुने चेतावनी

न्युयोर्क–अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले अमेरिकामा ठूलो आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ। अमेरिकी गुप्तचर विभाग (एफविआई) ले न्युयोर्क, टेक्सस र भर्जिनियाको स्थानीय प्रशासनलाई सो समबन्धी चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिकी गुप्तचर विभागले अल कायदा अमेरिकी राष्ट्रपति निर्वाचनको ठिक एक दिन पहिला ती ठाउँमा आक्रमण गर्ने तयारीमा रहेको चेतावनी दिएको हो। संचारमाध्यमका अनुसार गुप्तचर विभागले शुक्रबार सो चेतावनी दिएको हो। गुप्तचर विभागका अधिकारीले ज्वाइन्ट टेरोरिजम फोर्सलाई आतंकवादी आक्रमणलाई दिएर अलर्ट भएर बस्न निर्देशनसमेत दिएको छ।

एफबिआइको सो रिपोर्टमा स्पष्ट रुपमा केही नभनेपनि काउन्टर टेरोरिजम र होमल्याण्ड सुरक्षा कम्युनिटी सतर्क अवस्थामा रहेको र कुनै पनि प्रकारका आतंकवादी आक्रमण रोक्न सक्षम रहेको जनाएको छ।  एफविआइले फेडेरल, स्टेट र स्थानीय सुरक्षा एजेन्सीसँग मिलेर कुनै पनि प्रकारको खतरालाई पहिचान गर्न जुटेको जनाएको छ। 

अमेरिका होमल्याण्ड सुरक्षा विभागका  कुनै पनि अधिकारीले सो विषयमा टिप्पणी नगरेको संचारमाध्यमले उल्लेख गरेका छन्।  अमेरिकामा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनकाबीचको प्रतिश्पर्धामा विद्वेष बढ्दै गएका कारण हिंस्रक संघर्षको आशंका पहिला देखि नै रहँदै आएको छ। सो बाहेक कम्प्युटर ह्याकिङसाथै अन्य देशद्वारा भोट प्रभावित गर्न झुठा खबर फैलाएको आशंकासमेत गरिएको छ।

 

प्रकाशित: २० कार्तिक २०७३ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App