७ वैशाख २०८१ शुक्रबार
अर्थ

महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं – काठमाडौं महानगरपालिकाको आव २०७६÷०७७ को नीति तथा कार्यक्रम पारित भएको छ। नगरपालिकाको पाचौं नगरसभाले बजेट पारित गरेको महानगरले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाएको हो।

महानगरले यसै आर्थिक वर्षदेखि घरबहाल सम्झौता अनिवार्य गर्ने भएको छ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा पारेको छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको छ। साथै, सहकारी तथा निजी क्षेत्रको लगानीमा गुणस्तरीय एवं आधुनिक वधशाला निर्माण गर्नेछ तथा महानगरभित्रका सम्भाव्य ऐतिहासिक, पुराताŒिवक भवनलाई सिटी आर्ट म्युजियमका रुपमा विकास गर्ने र नेवाः सांस्कृतिक भवन तथा म्युजियम बनाउन अध्ययन गरिनेछ।’ उनले महानगरले आगामी तीन वर्षमा बालाजु बाइसधारा उद्यानको स्तरोन्नती, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, भर्टिकल पार्किङ, पर्यटन पदमार्ग, फोहरमैलाको दिगो व्यवस्थापन, तीनकुनेमा पार्क निर्माणलगायतका कार्यक्रम अघि बढाइने बताए।

महानगरले मानवसेवा आश्रमको पहलमा निर्माण हुन लागेको सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भौतिक पूर्वाधारमा सहयोग गर्ने पनि जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा विभिन्न कार्यक्रम गरिने योजना महानगरको छ। शहरी सुरक्षा कायम गर्न र शहरी सेवा वितरणमा प्रभावकारिता हासिल गर्न महानगरले यसै आर्थिक वर्षदेखि घरबहाल सम्झौता अनिवार्य गर्ने भएको छ। प्रवक्ता डंगोलले भने, ‘दमकल जान नसक्ने स्थानमा आगलागी भएमा तत्काल आगो नियन्त्रण गर्न फायर हाइड्रयान्टको व्यवस्था गर्ने, सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको अतिक्रमण रोकी त्यस्ता जग्गालाई उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिकमैत्री पार्क र खुला क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम रहेको बताए।

प्रकाशित: ६ श्रावण २०७६ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App