८ वैशाख २०८१ शनिबार
राजनीति

साझा पाटीर्को केन्द्रीय समिति विस्तार

काठमाडौं – साझा पार्टीले केन्द्रीय समितिमा सातजना नयाँ सदस्य थप गरेको छ। पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिअन्तर्गत सात नयाँ सदस्य थप गरेको हो।

आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो। नयाँ थपिएका सदस्यमा नेपाल जेसिसकी पूर्व अध्यक्ष कीर्ति तुलाधर, गत निर्वाचनमा साझा पार्टीको काठमाडौं क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा, उच्च माध्यमिक शिक्षा परिषद्का पूर्वसदस्यसचिव नारायण कोइराला, नेपाल जेसिसका पूर्वअध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा, भीमप्रसाद अधिकारी तथा विकु लामा रहेका छन्।

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ। विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनः पुष्टि गरेको र नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताए।

प्रकाशित: ६ श्रावण २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App