६ वैशाख २०८१ बिहीबार
समाज

सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको टोली

सर्लाही - डेढ साताअघि परेको अबिरल वर्षाले सर्लाहीमा पु¥याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न आइतबार सर्लाहीमा राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै टोली आएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना नेतृत्वको टोलीले अपराह्न सदरमुकाम मलंगवामा

तथा त्यस्तै संघयी संसद्को राज्य व्यवस्था समितिको एक टोलीले आइतबार बिहान बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरेको छ। सर्लाही निवासी समिति सदस्य राजेन्द्र महतो नेतृत्वको चार सदस्यीय टोलीले आइतबार बिहान लखन्देही नदी तथा झिम नदीको बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरेको हो। टोलीसँगै संघीय सांसद रामेश्वर राय यादव, प्रदेश सांसदहरू, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसहित सुरक्षा अधिकारीलगायत बाढीले पु¥याएको क्षतिस्थल पुगेका थिए।

स्थलगत अवलोकनपश्चात् जिल्ला समन्वय समितिको कार्यालयमा संसदीय टोलीले बाढी र डुबानले सर्लाहीमा पु¥याएको क्षति एवं पछिल्लो अवस्थाबारे प्रजिअ राउतलगायतबाट जानकारी लिएको छ। समिति सदस्य एवं पूर्वमन्त्री राजेन्द्र महतोले बाढीले भत्काएको सडक मर्मत सम्भार एवं डुबानपीडितलाई अबिलम्ब राहत उपलब्ध गराउन निर्देशन दिएका थिए।

झिम नदीले बाँध फुटाउँदा खेतीयोग्य जमिन कटान एवं सदरमुकाम मलंगवा डुबानमा परेको थियो। त्यस्तै लखन्देही नदीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्गका विभिन्न खण्डमा कटान एवं राजमार्ग क्षतविक्षत बनाएको छ। लखन्देहीको बाढीले हुलाकी राजमार्ग बगाउँदा पश्चिम गोडैता, बलरा, रामनगर, धनकौल, बसबरिया, बरहथवालगायत स्थानीय तहबाट ४ चक्के सवारीसाधन सदरमुकाम मलंगवा जान नसक्ने अवस्था आएको छ। महोत्तरीबाट सर्लाही आएको राज्य व्यवस्था समितिको टोली मध्याह्न रौतहटतर्फ लागेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

प्रकाशित: ६ श्रावण २०७६ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App