८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रियसभाको टोली रौतहटको बाढी प्रभावित बस्तीमा

रौतहट - रौतहटको विभिन्न स्थानमा बाढीबाट प्रभावित बस्तीमा राष्ट्रियसभा अध्यक्षसहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुबेर जिल्लाभरिमा १६ जनाको मृत्यु र दुईजना बेपत्ता छन्। बाढीका कारण जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परी हजारौं विस्थापित भए। अर्बौ रुपैयाँ बराबरको माछा पोखरी, तरकारी, फलफूल, उखु, धान, पशु चौपायालगायतका क्षेत्रमा ठूलो नोक्सानी भए पनि यहाँको अवस्था बुझ्न बाढी गएको करिब एक सातापछि संघीय सरकारका मन्त्रीसहितका जम्बोटोली वास्तविक पीडितसँग नभेटेर नेपाली सेनाकै ब्यारेकमा स्थानीय सुरक्षा प्रमखसँग भेटघाट गरी हेलिकोप्टरमै पुनः फर्केपछि त्यसको आलोचना भएको थियो।

बाढी प्रभावितको अवस्थाबरे जानकारी लिन आएको टोलीमा सांसद खिमलाल भट्टराई, सरिता प्रसाई, वृषेशचन्द्र लाल र प्रमिला कुमारी छन्। बागमती र लालबकैया नदीमा आएको बाढीका कारण क्षतिग्रस्त तटबन्ध, विभिन्न प्रभावित बस्तीका साथै सदरमुकाम गौर नगरपालिका डुबानको मुख्य कारण बनेको नेपाल–भारत सीमाक्षेत्रमा भारतीय पक्षले बनाएको बाँधको समेत टोलीले निरीक्षण गरेको छ। निरीक्षणपश्चात् टोलीले जिल्ला समन्वय समिति गौरको सभाहलमा स्थानीय तहका निर्वाचित प्रतिनिधिका साथै विभिन्न पक्षसित राय सुझाव समेत लिएका थिए। तिमिल्सिनाले बाढीले प्रभावित बनेका सर्वसाधारणलाई वितरण गरिएको राहत र उद्धारका विषयमा छलफल गर्दै अब आउने सम्भावित बाढीको जोखिमबाट समेत कसरी जोगिने भन्ने विषयमा राय बुझेर नेपाल सरकार समक्ष पेस गर्ने बताए।

बर्सेनि आइरहेको बाढी र डुबानको समस्या दिर्घकालीन समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारले एक आपसमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै तिमिल्सिनाले दलगत एवं व्यक्तिगत स्वार्थभन्दा पनि माथि उठेर पीडितको सेवामा सबै दल एकजुट हुन आवश्यक रहेको बताए। उनले टोली राहत दिन आएको नभई राहत वितरण प्रक्रिया कसरी हुँदैछ, उद्धार कसरी भयो र भविष्यमा विपदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव लिन आएको बताए।
बागमती, लाल बकैया नदीको बाँधलाई स्तरोन्नति गरेर अग्लो र चौडाइ गर्नुपर्ने सुभाव दिँदै रौतहटका सांसद देव ितिमिल्सिेनाले नदीमा दुईतर्फी बाँध बनाउनुपर्नेm चाँदी र हर्दिया खोलालाई व्यवस्थित बनाई जिल्लाका सानासाना खोलालाई समयमै धार परिवर्तन गरेर निगरानीमा राखेको भए यस्तो अवस्था सिर्जना नहुने बताए। चुरे क्षेत्रको जथाभावी उत्खनन्, अव्यवस्थित मेसिनको प्रयोग गरी नदीजन्य वस्तु निकालेर दोहन गरेका कारण रौतहटमा बाढीको जोखिम बढेको भन्दै तिमिल्सिनाले चिन्ता व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी र डुबानबाट यस जिल्लामा १६ जनाको मृत्यु भइसकेको बताए। बाढीमा एक बालकसहित २ जना बेपत्ता रहेको छ। जिल्लामा पूर्ण र आंशिक गरी १५ हजार घर क्षतिग्रस्त भएको, ७० हजारभन्दा बढी घर परिवार बाढीबाट प्रभावित भएको तथ्यांक राष्ट्रिय सभाका अध्यक्षसहितको टोलीसमक्ष प्रस्तुत गर्नुका साथै प्रभावित एवं विस्थापित परिवारलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको अलावा, युनिसेफ, आरडिसी, माण्डवी जस्ता संस्थाबाट राहत सहयोग पु¥याइरहेको बताए।

प्रकाशित: ६ श्रावण २०७६ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App