८ वैशाख २०८१ शनिबार
राजनीति

एउटै जिल्लामा १० जना सह-इन्चार्ज, सात जिल्लामा महिला इन्चार्ज

काठमाडाैं- सत्तारूढ दल  नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ। सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ।  काठमाडौँ, धनुषा र दाङमा नौ/नौ जना सहइन्चार्ज रहेका छन्। कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच/पाँच तथा कास्की र सर्लाहीमा चार/चार जना सहइन्चार्ज छन्। 

यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन/तीन जना सहइन्चार्ज तोकिएको छ। 

सात जिल्लामा महिला इन्चार्ज
नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ। छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन्। 

दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज हुनुहुन्छ । यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिएका छन्। रासस 

प्रकाशित: ५ श्रावण २०७६ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App