१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होक्काइदोले १० वटा ‘रामेन रेष्टुरेन्ट’ चलाउने

होक्काइदो नेपाल विजनेस ग्रुप प्रालिले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘रामने रेष्टुरेन्ट’ । तस्बिरः नागरिक

काठमाडौं– होक्काइदो नेपाल विजनेस ग्रुप प्रालिले रेष्टुरेन्टसहित विभिन्न व्यवसायमा करिब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। नेपालीसहित जापानी नागरिकको लगानी रहेको उक्त कम्पनीले पहिलो चरणमा काठमाडौंमा जापानिज खानाको परिकारसहितको रेष्टुरेन्ट सुरु गरेको छ। 

उक्त ग्रुपले ‘होक्काइदो रामने रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएको छ। १० वटा आउटलेट सञ्चालन गर्ने योजना बनाएको कम्पनीले बुढानिलकण्ठमा रहेको पार्क भिजेल रिसोर्ट भित्र नै रेष्टुरेन्ट  सुरु गरेको छ। रेष्टुरेन्टको शनिबार नेपालका लागि जापनिज राजदूत साइगो मासामिचीले उद्घाटन गरे। 

जापानको प्रसिद्ध खाना ‘रामेन’ खुवाउनका लागि पहिलो चरणमा पार्क भिजेल र काठमाडौं गेष्ट हाउसमा ‘होक्काइदो रामने रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएको हो। त्यहाँ जापानका ३० प्रकारका खानाका भेराइटी उपभोक्ताले उपभोग गर्न पाउँछन्।

जापानबाट नेपाल आउने पर्यटकसहित नेपालीलाई समेत लक्षित गरेर जापनमा लोकप्रिय नुडल्स ‘रामेन’को स्वादलाई खुवाउन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिका अध्यष अर्जुन अधिकारीले बताए। यो वर्ष १० वटा आउटलेट सञ्चालन गर्ने कम्पनीले जनाएको छ। पहिलो चरणमा काठमाडौंको बुढानिलकण्ठ, ठमेलमा सुरु गरेको रेष्टुरेन्ट क्रमशः बौद्ध, पानीपोखरी, पोखरालगायतका क्षेत्रमा विस्तार गर्ने अधिकारीले बताए। ‘एक वर्षभित्र १० स्थानमा आउटलेट सञ्चालनमा ल्याउछौं’, अधिकारीले भने, ‘त्यसका लागि सेन्ट्रल किचन तयार गरेर दुई ठाउँमा सुरु गर्यौं।’ ‘रामेन’ सञ्चालनमा ल्याएपछि नेपालीले जापानको फुड कल्चर उपयोग गर्न पाउने भएका छन्।

होक्काइदोमार्फत करिब १५ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको कम्पनीले  रेष्टुरेन्टमा मात्र करिब ६ करोड लगानी गर्ने जनाएको।’ 

रामेन जापनको प्राचिन स्वास्थ्यवर्द्धक खानाको परिकार हो। नेपालमा जापानिज प्रविधिसहित पहिलो पटक भिœयाएको कम्पनीले जनाएको छ। कम्पनीले जापनिज परिकार बनाउनका लागि रामेन सेफ माचुकुरालाई ल्याएको छ। कम्पनीले रामेन हाउसको परिकारका लागि जापानिज मापदण्ड अनुसार आवश्यक कच्चा पदार्थ, पानी, गहुँ, जौ, फापर उत्पादन गर्ने जनाएको छ।

अधिकारी १७ वर्ष जापानमानै होक्काइदोमार्फत करिब दर्जन बढी रेष्टुरेन्ट सञ्चालन गरेका छन्। होक्काइदो जापानको व्यवसायिक समूह हो। उक्त समूहले नेपालमा पनि लगानी र पर्यटन प्रवर्द्धनका सम्भावना देखेर लगानी गरेको जनाएको छ। सन् २०१७मा काठमाडौंमा होक्काइदो नेपाल व्यापार सम्मेलन आयोजना गरी लगानीको सम्भावना र अवसर देखेर व्यवसाय सुरु गरेको अधिकारीले बताए। 

जापानिज परिको माध्यमबाट नेपाल र जापनबीचको खानपिन र जनस्तरमा सम्बन्ध विस्तार गर्दै पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा सघाउ पुग्ने बताए।  

रेष्टुरेन्टसँगै जापान जाने युवालाई लक्षित गरेर होटल व्यवस्थापन तालिम पनि सञ्चालन गरेको छ। सरकारले नेपाली युवालाई जापान पठाउने तयारी गरिरहेको अवस्थामा युवा सीप सिकेर जाउन भनेर होटल सम्बन्धी तालिम पनि सञ्चालन गर्ने उनले बताए। माचुकुराले नेपाली युवालाई जापनिज खानका परिकार बनाउन प्रशिक्षण दिन्छन्। ‘एक लटमा ५० जना युवाले तालिम लिने व्यवस्था मिलाएका छौं’, उनले भने। रेष्टुरेन्टमा करिब एक सय जनाले रोजगारी पाउने छन्। 

नेपाल भ्रमण वर्ष २०२०मा जापानिजहरुलाई नेपाल आकर्षित गर्नका लागि पनि पहल गर्ने जनाएको छ। जापानबाट आउने पर्यटकलाई रामेनको परिकार र विभिन्न जापानिज खानामार्फत आकर्षित गर्ने योजना रहेको उनले बताए। होक्काइदोले होटल व्यवस्थापनसहित खाद्यान्न, कृषि, पानी, लाउन्ड्रीको क्षेत्रमा पनि लगानी गर्ने जनाएको छ। जापनीजहरुको उच्च आयु हुनुमा खाद्यान्न र पानीको महत्वपूर्ण भूमिका रहेकाले नेपालमा यसका बारेमा काम गर्न लागेको उनले बताए। यहाँको अर्गानिक खाद्यान्नलाई पनि जापान निर्यात गर्ने अधिकारीले जानकारी दिए। 

प्रकाशित: ५ श्रावण २०७६ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App